ज्योतिषिका अनुसार आज असार ११ गते सोमबारको कस्तो छ त तपाईको ग्रहगोचर, मायाप्रेम, शुभ-अशुभ राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) विद्या र बुद्धिको विकास हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । व्यापारबाट पनि लाभ हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । घरमा अतिथिको आगमन हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । बौद्धिकताको विकास हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कठोर परिश्रम गर्नुपर्ने समय छ । दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । नाक तथा घाँटीमा समस्या आउन सक्छ र स्वास्थ्य प्रति सजगता अपनाउनु पर्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) बोलीको भरमा कार्य सम्पादन हुनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ योजना बन्नेछ । घुम्न जाने योजना पनि बन्न सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नयाँ काम वा रोजगारको अवसर मिल्नेछ । सफल यात्रा पनि रहला । मित्रको सहयोगबाट मिल्नेछ, तर पारिवारिक समस्या र आर्थिक पक्ष राम्रो छैन ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज खानपिनका कारण पेटमा समस्या बढ्नसक्ने सम्भावना छ । लेनदेन व्यापार सबै कार्यमा विशेष ख्याल गर्नुहोला, तर वैदेशिक काम बन्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । पशुचौपायाबाट लाभ प्राप्त हुनेछ । कुनै कुराले मनमा शान्ति पनि छाउनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आँटेको काममा सफलता नमिल्न सक्छ । गरेका कार्यमा ढिलासुस्ती हुनेछ । प्रेमी तथा प्रेमिकाको भाषा परिवर्तनले मनमा दुबिधा उत्पन्न हुन सक्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज श्रमको उचित मूल्याङ्कन हुनेछ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । प्रेम सम्बन्ध पनि कसिलो हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । घर व्यवहारको समस्याले सताउनेछ । नयाँ काममा हात हाल्नु अघि राम्ररी विचार पुर्याउनु होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) रमाइलो यात्राको योग रहेको छ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । प्राविधिक कार्यमा सफलता मिल्नेछ । आज दौडधुप गर्नु परे पनि लाभ नै हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिक्रिया दिनुहोस