विवाहको जन्तीबाट फर्किँदै थिए, झापा कार दुर्घटनामा ज्यान गुमाएका बुबा-छोरी

विराटनगरबाट सामान लिएर बिर्तामोड तर्फ जाँदै गरेको ट्रक मङ्गलवार बिहान झापाको शिवसताक्षीमा दुर्घटना भयो । उक्त ट्रकले पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको विवाहको जन्ती सवार कारलाई ठक्कर दिएको थियो । कारमा सवार मध्ये २ जनाको मृत्यु भयो । अन्य ६ जना गम्भीर घाइते छन् । उनीहरूको बिर्तामोडको विएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाको कारण

प्रदेश १-०२-००१ प नम्बरको ट्रक विराटनगरको दुगर्ड कम्पनीको हो । घटनाका प्रत्यक्षदर्शी र प्रहरी समेतले पूर्वबाट आउँदै गरेको कारलाई उसकै ‘वे’मा पुगेको ट्रकले ठक्कर दिएको बताए । स्थानीय प्रहरीले भनेको छ, ‘करिब १ सय ५० मिटर परबाट मोडिँदै आएको ट्रकले कारको ‘वे’ अर्थात् विपरीत ‘वे’ तिर गएर दुर्घटना गराएको हो ।’ कारले भाग्ने मौका नपाउँदा ठुलो दुर्घटना भएको प्रत्यक्षदर्शीले बताए ।

स्थानीयले ट्रक सिधै आएको देखेका थिए । कारमा ठोक्किएपछि मात्र झसङ्ग भएका चालकले ट्रकलाई नियन्त्रणमा लिने प्रयास गरे । तर सकेनन् । सडकबाट ट्रक र कार २० मिटर तल ट्रक खस्यो ।

प्रहरी र घटनाका प्रत्यक्षदर्शीले चालक निदाएका कारण ट्रक अनियन्त्रित भएको सेतोपाटीलाई प्रतिक्रिया दिएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक याम खड्काले दुर्घटनामा ट्रक चालकको चरम लापरबाही देखिएको बताएका छन् । यद्धपी थप अनुसन्धान भइरहेको उनले बताए ।

कारमा सवार सबै जन्ती

मोरङ उर्लाबारी- ४ का गुरुचन चौधरीको भान्जा भाइको विवाह गए राती बाह्रदशीको डाँगीवारिमा भएको थियो । उनीहरू सोमबार विहारमा जन्ती गएका थिए । रातभरको विवाहपछि बेहुला बेहुली लिएर फर्कँदै गर्दा चौधरीले चलाएको प्रदेश १-०१-००१ च ७४८२ नम्बरको कार भालु खोला माईधार सडकमा दुर्घटनामा पर्‍यो । बेहुला बेहुली अर्कै गाडीमा सवार थिए ।

गुरुचनले आफ्नै कार चलाएका थिए । प्रहरीका अनुसार कारमा ७ जना सवार थिए । सवार मध्ये गुरुचन र उनकी १७ वर्षीय छोरी कुमकुमको मृत्यु भयो । घटनामा गम्भीर घाइते मध्ये गुरुचनकी श्रीमती सुजिताको विएण्डसी अस्पताल बिर्तामोडको सघन उपचार कक्षमा उपचार भइरहेको छ । अन्यको अवस्था सामान्य छ ।

घाइते सबै एकाघरका

दुर्घटनामा मृतकका छोरा १० वर्षीय विवेक चौधरी, ३६ वर्षीय बहिनी मञ्जु देवी चौधरी घाइते छन् । सो कारमा रहेका मध्ये रतुवामाई नगरपालिका वडा नम्बर १० का १९ वर्षीय रिकेश न्यौपाने र सोही ठाउँका शिवचन्द चौधरी पनि घाइते छन् । उनीहरू सबै एकाघरका आफन्त भएको उर्लाबारीका दिवाकर भट्टराईले बताए ।

उता ट्रक चालक मोरङ ववियाविर्ता २ का ३६ वर्षीय भोला सदरदार पनि घाइते छन् । उनको पनि उपचार भइरहेको छ । कारमा साना ठुला गरेर ७ जना सवार थिए ।

गुरुचन उर्लाबारीका नामुद व्यापारी

दुर्घटनामा परेर मृत्यु भएका चौधरी उर्लाबारीका नामुद व्यापारी हुन् । उनको इटहरी रोडमा काठ र स्टिलको उद्योग छ । उनले फर्निचरको कारोबार गर्ने गरेका थिए । उनको व्यापारमा परिवार नै संलग्न भएको स्थानीय नवराज भट्टराईले बताए ।

छोरी कुमकुमले उर्लाबारीको सप्तकोसी अङ्ग्रेजी माध्यमिक विद्यालयबाट कक्षा १२ को परीक्षा दिएकी थिइन् । मृतक दुवै जनाको शव मेची प्रादेशिक अस्पतालमा पोस्टमार्टम गरेर घर लैजाने तयारी भइरहेको छ ।

चौधरीको २ छोरा र १ छोरी हुन् । दुर्घटनामा घाइते भएको विवेक कान्छो छोरा हो । ठुलो छोरा कारमा नआँटिएपछि घरैबाट मोटर साइकलमा नातामा काका पर्नेको जम्थी गएका थिए ।

शोकमा डुब्यो उर्लाबारी

उर्लाबारीका उद्योगी बाबु—छोरीको दुर्घटनामा मृत्यु भए पछि अहिले उर्लाबारी बजार शोकमा डुबेको छ । अस्पतालबाट मृतक बाबु छोरीको शव घर ल्याउने खबर पाएपछि उद्योगी, व्यापारी, आफन्तको घरमा भिड लागेको छ ।

प्रतिक्रिया दिनुहोस