आज दस वर्षयताकै लामो दिन र अत्यधिक गर्मीको दिन हुने

काठमाडौं- आज दस वर्षयताकै लामो दिन । आज पृथ्वी सूर्यबाट सबैभन्दा टाढा पुग्नुका साथै वर्षको सबैभन्दा लामो र अत्यधिक गर्मीको दिन हुनेछ । बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले सो कुराको जानकारी दिएको हो ।

पृथ्वी वर्षमा एक पटक सूर्यको सबैभन्दा टाढा पुग्ने गरेको र पृथ्वी सूर्यको टाढा पुग्दा यसको गति कम हुने समितिका निमित्त कार्यकारी निर्देशक डा. सनतकुमार शर्माले विज्ञप्ति मार्फत उल्लेख गर्नुभएको छ । पृथ्वी र सूर्यबिचको दुरी करिब १५ करोड किलोमिटर छ ।

आज सूर्य र पृथ्वी बिचको दुरी करिब १५ करोड २० लाख किलोमिटर हुनेछ । पृथ्वी सूर्यभन्दा टाढा पुग्ने क्रियालाई सूर्यदुरुस्थ भनिन्छ । सूर्यबाट टाढा पुग्दा पृथ्वीको घुम्ने गति पनि कम हुने हुँदा दिन लामो हुन जाने समेत बताउनुभयो । सूर्यको नजिक पुग्दा पृथ्वीको घुम्ने गति छिटो हुन्छ ।

पृथ्वी सूर्यबाट सबैभन्दा टाढाको बिन्दुमा पुगेको समयमा सबैभन्दा बढी गर्मी हुने समेत समितिका कार्यकारी निर्देशक डा. शर्माको भनाई छ । आज पृथ्वी सूर्यबाट टाढा रहे पनि २३.५ डिग्री सूर्यतिर झुक्ने हुँदा यसले सूर्यको पूर्ण चमक र प्रकाशलाई अत्यधिक ग्रहण गर्न सक्षम हुन्छ र उत्तरी ध्रुवमा सबैभन्दा बढी गर्मी अनुभूति हुन्छ ।

उत्तरी ध्रुवमा पृथ्वीको ९० प्रतिशत व्यक्ति बसोबास गर्छन् भने १० प्रतिशत मात्र दक्षिणी ध्रुवमा बसोबास गर्छन् । यही समयमा सूर्यबाट टाढा झुकेको हुनाले दक्षिणी ध्रुवमा दिन छोटो, रात लामो र चिसो हुन जान्छ ।

प्रतिक्रिया दिनुहोस