दुई छोरीकी आमा धनगढीको आश्रममा, भन्छिन्,–मलाई राष्ट्रपति कहाँ पु¥याई देउ

धनगढी, २२ असार ।
कैलालीको धनगढी उपमहानगरपालिका–१३ कैलाली गाँउस्थित दृष्टि फाउण्डेसनमा रहेकी ७५ वर्षीया कोपिला माया घिमिरे कुनै नयाँ मान्छे गाडी लिएर आएको देखेपछि आफ्नो लुगा कपडा लिएर कोठा बाहिर निस्किन्छन । अनि उनी सोध्छिन्, तपाईलाई राष्ट्रपति बिद्यादेवी भण्डारीले मलाई लिन पठाएका हुन् ?

के मा आउनु भएको हो ? हेलिकोप्टर कि जहाजमा ? थप प्रश्न सहित आग्रह गर्दै भन्छिन्, मलाई लैजाउ । म यहाँ बस्दैन ।

बिराटनगर घर भएकी घिमिरे बैशाखमा बस चढेर धनगढी आएकी हुन् । उनी भौतारिदै गरेको देखेपछि एक जना व्यक्तिले उनलाई दृष्टि फाउण्डेसनमा पु¥याईदिए । त्यसयता उनी फाउण्डेसनमा बस्दै आएकी छन् । त्यहाँ उनी जस्तै ६० जना महिला र बालबालिकाले आश्रय पाएका छन् । परिवारले छोडेका, सुस्त मनस्थितिका, हिंसामा परेका महिला तथा बालबालिकालाई फाउण्डेसनले आश्रय दिदै आएको छ । उनीहरुको उपचार समेत फाउण्डेसनले गर्दै आएको छ । तिनै मध्यकी एक हुन्, घिमिरे ।

उनका छोरी–ज्वाई केही वर्षअघि धनगढीमा जनस्वास्थ्य कार्यालयमा काम गर्थे । उनी बिराटनगर दाल चामल बोकेर धनगढी आउथिन । छोरी–ज्वाई सरुवा भएर बिराटनगर बस्न थाले । उनी पनि छोरी–ज्वाईसंगै बिराटनगर बस्न थालिन ।

उनले आफूले पाउने १२ हजार रुपैया भत्ताको कोठा भाडा वाफत आधा छोरीलाई बुझाउने गरेको बताईन । भन्छिन्, उल्लाई पनि दिनुप¥यो । उसको पनि रोजगारी छैन ।

उनका दुई छोरी र पति छन् । पति धनकुटामा बस्ने गरेका छन् । आफूलाई कसैले नहेरेकोले धनगढी आईपुगेको उनले सुनाईन ।

आफू सुगरको बिरामी भएको बताउछिन् । तर छोरी र नातिनी मिलेर आफ्नो औषधी खोसेर खान नदिएको उनले गुनासो  गरिन ।
दृष्टि फाउण्डेसनकी सञ्चालक कल्पना भट्टले परिवारको मान्छे सम्पर्कमा रहेपनि उनलाई लगेर जान नमानेको बताईन ।

उनले फाउण्डेसनका कर्मचारी र त्यहाँ आउने जो कोहीलाई राष्ट्रपति भण्डारीलाई फोन लगाई दिन आग्रह गर्छिन ।
उनी सुनाउदै थिईन, राष्ट्रपति भण्डारीलाइ फोन लागेन । अहिले उपलब्ध हुन सकेन थ्यांकु भन्यो ।

विद्या भण्डारीको ठाँउमा राष्ट्रपति रामचन्द्र पौडेल नियुक्त भएको कुरा उनलाई थाह छैन । उनी भण्डारीकै नाम लिईरहन्छन ।

राष्ट्रपति भण्डारीले मलाई लिन आज हेलिकोप्टर पठाउछु भनेकी थिईन । किन पठाईनन ? उनको यस्तो प्रश्नमा फाउण्डेसनका कर्मचारीले हरेक पटक नयाँ बहाना बनाउछन् । आमा आज बादल लागेकोले हेलिकोप्टर आउन सकेन । भोलि आकाश खुलेपछि आउछ ।

उनी आकाशतिर हेर्दै भन्छिन्, यस्तै हो भने त भोलि पनि आकाश खुल्ला जस्तो छैन । उनी कल्पनालाई प्रश्न गर्छिन, अनि राष्ट्रपति कार्यालयबाट मलाई लिन हिजो पठाएकाहरु फर्केनन ? तिनीहरुले पनि मलाई ठगे ।

फाउण्डेसनमा सहयोगका लागि आउनेहरु फर्किने क्रममा उनी पनि उनीहरुसंगै पछि लाग्छिन् । उनी आग्रह गर्छिन–मलाई राष्ट्रपति भण्डारी कहाँ पु¥याई दिनु ।

उनी गेटमा पुग्दा त्यहाँ रहेका अन्य महिलाहरु पनि पछि लाग्छन् । सबैले आफूलाई पनि घर पु¥याई दिन आग्रह गर्छन ।
तर गेटबाट बाहिर निस्किदा सबैले एउटै आश्वासन दिन्छन् । भोलि आउछौ, अनि पु¥याई दिऔला ।

तर न त भोलि आउछ । न त उनीहरु लिन आउछन् । न त कोही परिवारजन नै लिन आउछन् ।

दृष्टि फाउण्डेसनकी सञ्चालक कल्पना भट्ट र उनको टीमलाई उनीहरुलाई सम्झाउन र फकाउन हम्मे हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस