सिडिओ भने “मेयर हर्क साम्पाङले फोनबाट उजुरी गर्दा अनुसन्धान हुँदैन लिखित उजुरी दिनुपर्छ “

धरान / स्थानीय सरकार धरानका नगर प्रमुख हर्क साम्पाङले आफूमाथि नगरवासी श्रीमान् श्रीमतीद्वारा अभद्र व्यवहार भएको भन्दै प्रहरीलाई मौखिक उजुरी गरेका छन्। प्रशासनले फोनको भरमा गरिएको उजुरीको आधारमा कारबाही अगाडी बढाउन नसक्ने अडान लिएको पाइएको छ ।

साम्पाङले धरानका डिएसपी नवराज मल्ललाई फोन गरेर साे घटना प्रती हिरासतमा ल्याएर अनुसन्धान गर्नु पर्‍यो “मलाई पटक पटक दुर्व्यवहार गरियो” म नगर प्रमुख हुँ मलाई यस्तो गर्नेलाई पक्राउ गरी कारबाही गर्दिनु पर्याे भन्दै फोनबाट कारबाहीको माग गरेका हुन्।

साम्पाङले २ दिन अघि प्रहरीलाईलाई फोन सम्पर्क मार्फत जानकारी गराएका हुन। साम्पाङले पटक पटक प्रहरीले आफू माथि दुर्व्यवहार हुँदा र आफूले उजुरी गर्दा पनि उजुरी नहेरी दिएको र देशमा राज्य छ कि छैन जस्ता स्ट्याटस पोस्ट गरेका थिए । साम्पाङले स्ट्याटस मार्फत प्रशासनलाई पक्राउ गरी अनुसन्धान नगरे पत्रकार सम्मेलन गर्ने चेतावनी समेत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस