फेसबुके मायाले डुबायो यी नेपाली युवतीलाई, प्रेमीले भारत बोलाएर सबै पैसा र मोवाइल लगेर अलपत्र पारिदिएपछि रुँदै खोलीन् यस्ता रहस्य

मलाई हिन्दी बोल्न आउँदैन । मेरो प्रेमीले मलाई यहाँ ल्याएर अलपत्र पारेर सबै पैसा र मोवाइल लिएर गयो उ फर्केर आएन म नेपालबाट आएको अहिले अलपत्र परे भन्दै भारतमा तड्पीरहेकी यी किशोरीलाई भारतका एक युट्युबर सुजित पाण्डेले उद्धार गरेका छन् । प्रेमीको भर परेर पहिलो पटक भारत गएको तर उनले आफ्नो सबै पैसा र मोवाइल समेत लिएर गएको कुरा बताइरहँदा उनी भक्कानिन पुग्छिन् । आफ्नो घर परिवार साथीभाई सबैको नम्बर प्रेमीले लिएर भागेको मोवाइलमा नै रहेकाले आफुसँग कसैको नम्बर नभउकाले उनले अलपत्र परेको ति युट्युबरलाई बताएकी छिन् ।

नेपालमा घर कहाँ र नाम ठेगाना समेत उल्लेख नगरीएकी ति युवतीले नेपाली बाहेक सामान्य हिन्दी भाषा समेत बोल्न जान्दिनन् । विगत २ वर्षदेखि फेसबुकमा कुरकानी गरिरहेको युवकसँग फेसबुकमा नै परेको प्रेमको लहैलहैमा लागेर अन्जान युवकसँग उसलाई भेट्नका लागि नेपालबाट भारत पुगेकी यि युवतीको बिचल्ली देखेर युट्युबर पाण्डेले उद्धार गरिदिन्छन् । यतिसम्मकी युट्युबर पाण्डेले ति किशोरीलाई आफ्नै दिदी बहिनीको जस्तो व्यबहार गर्दै आँफैले जहाजको टिकट काटेर काठमाडौँ पठाइदिने र बाटा खचृका लागि केही रकम समेत आँफुले दिने कुरा बताउँछन् । बिचरा प्रेमीको लहैलहैमा लागेर भारतका गल्लीमा पुगेकी निर्देश किशोरीले न युट्युबर पाण्डेले बोलेको हिन्दी राम्रो सँग बुझ्छिन् न पाण्डेले नै राम्रोसाग नेपाली बोल्न जान्दछन् न बुझ्छन् ।

दुई देशको सजिलो भाषाले केही सहजीकरण भएता पनि युट्युबर पाण्डेले देखाएको मानवीयताको अहिले नेपाल र भारतमा व्यापक चर्चा भइरहेको छ । पाण्डेले सार्वजनिक गरेको भिडियोमा नेपाली युवती निर्दयी मात्रै देखिएकी छैनन् प्रेमीबाट पाएको धोका र एक्लोपना र आँफुले गरेको गल्तिलार्ई समेत उनले स्विकारेकी छिन् । हिन्दी भाषाको ज्ञान नभएकी, आँफु भारतको कुन ठाउँमा छु भन्ने समेत आइडिया नभएकी यी नेपाली युवतीलाई उनका प्रेमी पनि नेपाली नै भएको भिडियोमा उनले बताएकी छिन् । जहाँ उनलाई ति युवकले केही समय त्यही सडककै गल्ली छेउमा कुर्नु भन्दै उनको साथमा भएको सबै पैसा र मोवाइल लिएर फरार हुन्छन् ।

त्यसपछि युट्युबर पाण्डेले घण्टौँसम्म अलपत्र जस्तो परेकी, कसेको प्रतिक्षा गरेको जस्तो लागेर उनलाई लागेका धेरै जिज्ञासा राखेपछि काठमाडौँसम्मको जहाजको टिकट काटेर नेपाल फिर्ता फठाइदिने वचन दिन्छन् । जहाँ ति अलपत्र परेकी युवतीले आँफुलाई यो ठाउँ र भाषाको बारेमा केही जानकारी नभएको भन्दै अलमलमा परेको बताउँछिन् । युवती सबै कुरमा अनभित्र जस्तो देखेर सुजितले आफ्नै मान्छे सँगै पठाइदिएर एयरपोर्टसम्म छाडिदिने र जहाजमा चढाइदिएर काठमाडौँ पुर्याईदिए वचन दिएसँगै युवतीको अनुहारमा केही खुशी भने देखिन्छ ।

युट्युबमा कन्टेन्ट तयार पार्दै आइरहेका युट्युबर सुजित पाण्डे बिहारका युवक हुन् । उनले बिहारमा देखिदै आएका जमिन्दारको दादागिरी, गाउँमा मैहुम भन्ने धनाड्यले गरिब, दुखी र असहायहरुलाई गरेको ज्यादतीका विषयहरु समेत आफ्नो च्यानलमा अपलोड गर्दै आइरहेका छ न् । पछिल्ला दिनमा भने उनले अप्ठ्यारोमा परेका महिला दिदी बहिनी, बेचिएका चेली, गरिबीका कारण वेश्यावृत्तिमा लाग्न बाध्य भएका किशोरीहरुालाई समेत उद्धार गरेर जागिर लगाइदिने, आफ्नै खल्तिबाट सहयोग गरेर उनीहरुलाई घर फर्किने वाताबरण समेत मिलाइदिँदै आइरहेका छन् । सुजितको यो सामाजिक कामको बिहारमा व्यापक नै चर्चा भइरहेका बेला उनको खरो स्वभाव र छिटो हात छाडिहाल्ने बानीका कारण भने उनी बेलाबोलमा विबादमा पनि पर्दै आइरहेका छन् । खैर जे होस् यसपटक पनि उनले एक नेपाली चेलीको उद्धार गरेर आफ्नै खर्चमा नेपाल पठाइदिन चालेको कदमको भने जति नै प्रशंसा गरेता पनि कमी नै हुन्छ ।

प्रतिक्रिया दिनुहोस