नायिका एलिजा गौतम धनगढीमा समाज सेवामा व्यस्त

काठमाडौं, ७ असार । नायिका एलिजा गौतम धनगढीका विभिन्न स्थानमा सामाजिक सेवामा व्यवस्त रहेकी छन् । गत साउन ५ गते धनगढी पुगेकी नायिका गौतम छोटो अवधिमै विभिन्न पाँच वटा सामाजिक कार्यमा सहभागी भएकी छन् ।

उनी धनगढी लेडि जेसिसले आयोजना गरेको वृक्षारोपण, व्याईज युनियन क्लबका खेलाडीहरुलाई खेलकुद सामग्री सहयोग तथा वितरण, महिलाहरुसँग साक्षात्कार कार्यक्रम, महिलाहरुसँग वृक्षारोपण र लायन्स क्लब अफ अत्तरियाले आयोजना गरेको वृक्षारोपणमा सहभागी भएकी थिईन् ।

आफूले कुनै पनि राजनीतिक दलको ट्याग नभिरे पनि निरन्तर सामाजिक सेवामा सक्रिय रहेको उनले बताएकी छन् । खेलकुद सामग्री वितरण गर्दैगर्दा खेलाडीको मुहारमा देखिएको उत्साह, वृक्षारोपण कार्यक्रममा सहभागी हुँदैगर्दा देखिएको जनसहभागिता र महिला दिदी बहिनीहरुसँगको साक्षात्कार कार्यक्रममा पाएको महिला सहभागिता, महिलाहरुको समस्या, महिलाले भोग्नु परेको पीडा लगायतका कुराले थप जिम्मेवारीबोध भएको पनि उनले बताएकी छन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्ः

धनगढीका विभिन्न स्थानमा गएर समाजलाई बुझ्ने अवसर मिल्यो । म गत साउन ५ गते धनगढी आएपछि निरन्तर सामाजिक कार्यमा सक्रिय रहेँ । छोटो अवधिमा पनि धनगढी लेडि जेसिसले आयोजना गरेको वृक्षारोपण, व्याईज युनियन क्लबका खेलाडीहरुलाई खेलकुद सामग्री सहयोग तथा वितरण, महिलाहरुसँग साक्षात्कार कार्यक्रम, महिलाहरुसँग वृक्षारोपण र लायन्स क्लब अफ अत्तरियालेआयोजना गरेको वृक्षारोपणमा सहभागी भएँ । यस अवधिमा यहाँहरुबाट पाएको माया र सद्भावले थप हौलसा र प्रेरणा मिलेको छ । मैले कुनै पाटीको टंयाग नभिरे पनी पनि सामाजिक सेवामा सक्रिय छु । आगामी दिनमा पनि विभिन्न ठाउँमा हुने सामाजिक कार्यमा म निरन्तर सक्रिय रहने छु ।

खेलकुद सामग्री वितरण गर्दैगर्दा खेलाडीको मुहारमा देखिएको उत्साह, वृक्षारोपण कार्यक्रममा सहभागी हुँदैगर्दा देखिएको जनसहभागिता र महिला दिदी बहिनीहरुसँगको साक्षत्कार कार्यक्रममा पाएको महिला सहभागिता, महिलाहरुको समस्या, महिलाले भोग्नु परेको पीडा लगायतका कुराले मलाई थप जिम्मेवार बनाएको छ ।

प्रतिक्रिया दिनुहोस