जनता र नेतालाई भिन्दै कानुन हुँदैन, दोषी जोसुकैलाई कार्बाही गर्छु : नारायणकाजी श्रेष्ठ

साउन ८ काठमाण्डौँ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले जनता र नेतालाई फरक फरक कानुन हुन नसक्ने भन्दै भ्रष्टाचारी र दोषी जो सुकै भए पनि कार्बाही गरिछाड्ने प्रतिवद्धता जनाएका छन् ।

आज राजधानीमा आयोजित एक कार्यक्रममा संवोधन गर्दै उनले सुसासन र समृद्धिका लागि भ्रष्टाचार अन्त्य जरुरी भएकाले सरकारले त्यसमा पहल कदमी लिएर अघि बढेको बताए ।

उनले कुनै पनि मुल्यमा दोषीलाई उम्कन नदिने स्पष्ट पारे ।

“निर्दोष फस्ने काम नहोस्, दोषी र अपराधीलाई छाड्ने काम हुन्न, तथ्य र प्रमाणले भेटेसम्म भ्रष्टचारको मुद्दामा मुछिएका जुनसुकै ओहदाका व्यक्ति तथा पार्टीका भए पनि कारबाही हुन्छ , “भ्रष्टाचारमा मुछिएका ठूलाबडा भनिएकाहरूलाई कारबाही नगरे के गरिब, निमुखाहरूलाई कारबाही गर्नु त ? भ्रष्टाचार गर्नेलाई कारबाही हुन्छ ।” उनले भने ।

प्रतिक्रिया दिनुहोस