भारतीय प्रहरीद्वारा सुनौली नाकामा कडाइ, नेपालीले फोटोसहितको परिचयपत्र देखाउनुपर्ने

काठमाडौं । भारतीय प्रहरीले सुनौली नाकामा कडाइ गरेको छ ।भारततिर जाने र नेपालतिर आउने दुवैलाई चेकजाँचमा कडाइ गरेको हो ।सीमावर्ती बजारमा किनमेलका लागि बाक्लो आउजाउ हुँदा भारतीय सुरक्षाकर्मीले नेपालीलाई खासै रोकतोक नगरे पनि अहिले कडाइ गर्न थालेको हो ।

किनमेल गर्न जाँदा तस्बिरसहितको परिचय खुल्ने कागजात हेरेरमात्र भारतीय सुरक्षाकर्मीले आफ्नो क्षेत्रमा प्रवेश दिने गरेको छ । भारतीय सीमा सुरक्षा बलका उच्च अधिकारीले केही दिनअघि सीमा नाकाको निरीक्षण गरेपछि नाका क्षेत्रमा थप कडाइ गरेको हो ।

स्थानीय राजेन्द्र गुप्ताले विगतको तुलनामा नाकामा कडाइ भएको बताउनुभयो । भैरहवा भन्सार कार्यालयले १ सय रुपैयाँभन्दा बढी मूल्यको समान ल्याउँदा भन्सार लाग्ने नियम लगाएपछि भारतीय सुरक्षाकर्मीले नाकामा कडाइ गरेको हो ।

भारतीय प्रहरीले नेपालीलाई परिचय पत्र माग्ने, गाडीबाट झारेर सोधपुछ गर्ने जस्ता दुःख दिने काम गरेको व्यवसायीको गुनासो छ । इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक अनिल थापाले पछिल्ला दिनमा भारतीय सुरक्षाकर्मीले नाकामा विशेष कडाइ गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस