ललिता निवास प्रकरण : बिजय गच्छेदार सहित चार पूर्व मन्त्रीलाई पक्राउ पूर्जी जारी

साउन २२ काठमाण्डौँ । ललिता निवास जग्गा प्रकरणमा काँग्रेस नेता एवं पूर्व मन्त्री बिजय कुमार गच्छेदार सहित चार जनालाई पक्राउ गर्ने सिआईबीले तयारी गरेको छ ।

ललिता निवास क्याम्प भित्रको जग्गा हिनामिना प्रकरणमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजय गच्छदारविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । काठमाडौँ जिल्ला अदालतले आइतबार गच्छदार सहित चार जना पूर्वमन्त्रीविरुद्ध पुर्जी जारी गरेको स्रोतले जनाएको छ ।

गच्छेदार बाहेक पूर्व मन्त्रीहरू डम्बरबहादुर श्रेष्ठ, चन्द्रदेव जोशी र सञ्जयकुमार शाह विरुद्ध पुर्जी जारी भएको छ ।

विजय गच्छदार २०६७ मा भौतिक योजना तथा निर्माण मन्त्री थिए । २०६७ असारमा भौतिक योजना तथा निर्माण मन्त्रालयमा शाखा अधिकृत हुँदा हाल सञ्चार मन्त्रालयका सचिव कृष्ण राउतले विशिष्ट व्यक्तिहरूको निवास बिस्तार सम्बन्धमा गुरुयोजना तयार गर्ने प्रस्तावको टिप्पणी उठाएका थिए ।

राउतले उठाएको टिप्पणीलाई तत्कालीन सह–सचिव नारायण गोपाल मलेगोले ‘राय सहित’ भौतिक योजना तथा निर्माण मन्त्रालयका तत्कालीन सचिव दीप बस्न्यातकहाँ पेस गरेका हुन् । बन्स्यातले ‘राय’ सहितको प्रस्ताव सदर गरेर मन्त्री विजय गच्छदारकहाँ पेस गरे । सो प्रस्ताव राज्यमन्त्री सञ्जय शाह र उप–प्रधानमन्त्री गच्छदारले सदर गरेर मन्त्रिपरिषद्मा लगेका हुन् ।

यस प्रकरणमा यस अघि नै डेढ दर्जन बढी पक्राउ परेर अनुसन्धानको क्रममा छन् ।

पछिल्लो समय सर्वोच्च अदालतले यस विषयमा नीतिगत निर्णय गराउन भूमिका खेल्ने पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल र बाबुराम भट्टराई बिरुद्ध समेत अनुसन्धान गर्ने बाटो खोलिदिएको छ ।

प्रतिक्रिया दिनुहोस