बकैया खोलाले दूध बोक्ने गाडी बगायो

बारा- बाराको निजगढमा अबिरल बर्षाका कारण बकैया खोलामा आएको बाढीले एक दूध बोक्ने गाडी बगाएको छ ।

बिहान १२ बजे निजगढ वडा नं. १० झोलुङ्गे पुलस्थित लालखोलामा प्र.न. ३–०२ च ३९० न को दूध बोक्ने पिकअप गाडी बगाएको हो ।

सिमराबाट लालगाउँतर्फ दूध लिनको लागि जाँदै गरेको अबस्थामा खोलाले बगाएको हो । गाडीमा चार लाख बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरिक्षक घनश्याम श्रेष्ठको नेतृत्वमा खटेको टोलीले खोलाले ८०० मिटर तल बगाएको उक्त गाडीलाई निकालेको थियो ।

उक्त घटनामा मानवीय क्षति नभएको जेसिबिको मद्दतले गाडी निकाल्ने काम भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरिक्षक होबिन्द्र बोगटीले बताउनु भएको छ ।

यसैबीच, बकैया खोलाले केही दिन अघि बस्तीको सुरक्षाका लागि बनाइएको ड्याम भत्काएपछि खोलाको च्यानलाइज गरी धार फर्काउने काम भएको छ ।

निजगढ नगरपालिका, बिपद समितिको पहलमा खोलाको धार परिवर्तन गरिएको हो ।।

प्रतिक्रिया दिनुहोस