काठमाडौँका टिकट बुकिङ काउन्टर भदौदेखि बन्द

काठमाडौं, साउन २७ गते । हाल सञ्चालनमा रहेका बुकिङ काउन्टरहरू भदौ १ गते देखि हटाइने काठमाडौँ महानगरपालिकाले जनाएको छ । लामो तथा छोटो दुरीमा सञ्चालन हुने यातायातका लागि काटिने टिकट काउन्टर दर्ता गरेर मात्र सञ्चालन गर्नु पर्ने भन्दै हटाउने जनाएको हो ।

काउन्टर सञ्चालन गर्न महानगरमा दर्ता गराउन समेत महानगरले आग्रह गरेको छ । जथाभाबी काउन्टर राख्दा ट्राफिक व्यवस्थापनमा समस्या भएको भन्दै सम्बन्धित वडा कार्यालयमा दर्ता गराएर मात्र सञ्चालन गर्न सूचना जारी गरेको हो ।

सार्वजनिक सवारी साधनले तोकिएको मापदण्ड पुरा गर्नु पर्ने भन्दै महानगरले दर्ता प्रक्रियामा आउन जनाएको छ ।

प्रतिक्रिया दिनुहोस