नक्कली भनेर समातिएका सक्कली डाक्टर रिहा

काठमाडौं- नक्कली भनेर समातिएका सक्कली डाक्टर रिहा भएका छन्। ‘अपरेसन फोक्सट्रोट’ नाम दिएर नक्कली डाक्टरमाथि अनुसन्धान सुरु गरेको प्रहरीले एकजना सक्कली डाक्टरलाई समेत पक्राउ गरेको थियो।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले एसएलसी र प्लस टूका मार्कसिट कीर्ते गरेर नम्बर थपघट गरी एमबीबीएस अध्ययन गरेका ‘नक्कली’ डाक्टरहरुमाथि अपरेसन चलाउने क्रममा  सक्कली डाक्टरलाई समेत पक्राउ परेका थिए।

 सीआईबीले नक्कली भन्दै पक्राउ गरेका बारा घर भएका रन्जित कुमार यादव सक्कली डाक्टर रहेको पाइएपछि उनलाई हिजोराति रिहा गरिएको छ। 

साउन २५ गते सीआईबीले चलाएको अपरेसनको क्रममा सुरुमा प्रतिनिधिसभा सदस्य (सांसद) सुनिल शर्मा पक्राउ परेका थिए। त्यही दिन शर्मापछि सीआईबीले थप दुई जनालाई नियन्त्रणमा लिएको थियो। जसमा महोत्तरीको पिपरा गाउँपालिका–८ घर भएका डा रञ्जित कुमार यादव र त्रिवि शिक्षण अस्पतालमा काम गर्ने अमित चौधरी थिए। 

यादवको डकुमेन्टहरु हेर्दा सक्कली पाइएपछि उनी रिहा भएका हुन्।

रञ्जित कुमार यादव नाम गरेका अर्का नक्कली डाक्टरलाई पक्राउ गर्नुपर्नेमा सीआईबीले नक्कली भन्दै सक्कली डाक्टर यादवलाई पक्राउ गरेको खुलेको हो।

प्रतिक्रिया दिनुहोस