दोलखामा राइस मिलमा पिठो पिस्न गएकी महिलाको करेन्ट लागेर मृत्यु

दोलखा । दोलखामा राइस मिलमा पिठो पिस्न गएकी एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ । आइतबार दिउँसो वैतेश्वर गाउँपालिका वडा नम्बर १ मा राइस मिलमा पिठो पिस्न गएकी करिव ५५ वर्षिय सिता गिरीको मृत्यु भएको प्रवक्ता श्‍याम कुमार तमाङ घिसिङले जानकारी दिनुभयो।

उहाको अनुसार मृतक गिरीको शव करेन्टले डढेको अवस्थामा फेला परेको थियो। गिरीलाई पिठो पिस्ने क्रममा मिसिन चलाउने बेला करेन्ट लागेको हुन सक्ने अनुमान गरिएको प्रवक्ता घिसिङको भनाई छ । अहिले घटना स्थलमा प्रहरीको टोलिले मुचुल्का उठाएर शवलाई पोष्टमार्टमका लागि सदरमुकाम चरिकोटस्थित पशुपति चौलागाईं स्मृति अस्पतालमा पठाइएको छ।

राइस मिलका संचालन भने आज मिल बन्द गरेर बाहिर गएका थिए ।

प्रतिक्रिया दिनुहोस