थाहापाउनुहोस् कैयौं रोगमा लाभदायक रग”त मासु र अण्डा भएको कडकनाथको बिशेषता…

हिन्दी भाषामा एउटा उखान छ ‘सोने का अंडा देने वाली मुर्गीु । तपाईले कडकनाथ एक दुर्लभ प्रजातिको कुखुराको बारेमा त सुन्न भएकै होला । यो कुखुराको अण्डा र मासुको व्यापारले कृषकहरुले मासिक रुपमा लाखौं कमाइरहेका छन् ।मिडिया रिपोर्टका अनुसार १ हजार कडकनाथबाट केही दिनमै दश लाखसम्म कमाई हुन्छ ।

भारतमा हजारौं किसान यसको कारोबार गरिरहेको बताएको छ ।विगतमा रसवरीको पेटेन्ट राइटलाई लिएर उडिसा र पश्चिम बंगालबीच बर्षौं विवाद भएको थियो । त्यसैगरी कडकनाथ कालो कुखुराको लागि पनि भारतको मध्यप्रदेश र छत्तिसगढको सरकार अपसमा लडिरहेका छन् ।

कडकनाथको अण्डा एउटाको भारतीय रुपैयाँ ७० पर्छ भने एक किलो यसको मासु ९ सय रुपैयाँ पर्दछ । एक कम्पनी र केही किसान यसको व्यवसायिक पालन तर्फ आकर्षित भएका छन् ।भारतको छत्तिसगढ र मध्यप्रदेशका साथै महाराष्ट्र, तमिलनाडु आन्द्र प्रदेशमा पनि किसानहरु यसबाट राम्रो आय आर्जन गरिरहेका छन् । कडकनाथ कुखुराको पोल्ट्री फर्म खोल्नका लागि इन्डिया मार्टसँग सम्पर्क गरी यि जातका कुखुरा पाउन सक्ने बताइएको छ ।

किन आकर्षित भए कडकनाथप्रति मानिस ?कडकनाथ आफ्नो स्वाद र औषधीय गुणका लागि लोकप्रिय छ । यसको रगत, मासु र शरीर कालो रंगको हुन्छ । अन्य कुखुराको तुलनामा यसको मासुमा प्रोटिन धेरै मात्रामा हुन्छ र कोलेस्ट्रोल धेरै कम हुन्छ ।१८ किसिमका आवश्यक एमिनो एसिड यसको मासुमा पाइन्छ भने बी-1, बी-2, बी-6, बी-12, सी र ई को मात्रा धेरै पाइन्छ । यसको मासु नर्भस डिअडरको उपचारका लागि पनि प्रयोगमा ल्याइन्छ । यसको रगतबाट धेरै प्रकारका बिरामीको उपाचार गरिन्छ ।

आज भोलि कडकनाथको चर्चा दिल्लीसम्म फैलिएको छ । पहलिे मध्यप्रदेश सरकारले चेन्नइको भौगोलिक संकतक पंजीयन कार्यालय यानी जीआई ट्याग कार्यालयमा जियोग्राफिककल इंडिकेशन ट्यागको दाबी गरे ।त्यसपछि चेन्नई जीआई ट्याग रजिष्ट्री कार्यालयले यस आवेदनलाई स्वीकार्दै कडकनाथको मासुमा मध्यप्रदेशको दाबीमाथि आपत्ति कसैको छ छैन भनेर नोटिस जारी गर्यो ।यसपछि एक निजी कम्पनीको सहयोगमा छत्तिसगढको दन्तेवाडा जिल्ला प्रशासनले पनि आमनफाननमा कडकनाथमो मासुमा आफ्नो दाबी पेस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस