नेपालमै पहिलोपटक सञ्चालनमा आयो द्रुत बस सेवा, कुन कुन स्थान बाट चढ्न र ओर्लन पाइन्छ ?

नेपालको राजधानी काठमाडौंमा पहिलोपटक द्रुत बस सेवा सञ्चालनमा आएको छ। बुधबार संविधान दिवसको अवसर पारेर सूर्यविनायक–रत्नपार्क सडक खण्डमा चल्ने द्रुत बस सेवाको उद्घाटन गरिएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, बागमती प्रदेशका यातायातमन्त्री लक्ष्मण लम्साल लगायतले रत्नपार्कस्थित शान्तिवाटिकाबाटे द्रुत बसको उद्घाटन गरेका छन् । द्रुत बस सेवाको उद्घाटन बुधबार गरिए पनि यात्रुहरुले भने बिहीबारदेखि मात्रै द्रुत बस चढ्न पाउनेछन्।
यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूले बस सञ्चालन भएपछि ४०–४५ मिनेटमा रत्नपार्कदेखि सूर्यविनायकसम्म पुग्न सकिने बताएका छन् । बस सञ्चालनका लागि ‘लेन मार्किङ’ र अन्य तयारी पूरा भइसकेको छ । बिहीबारदेखि दैनिक २५ वटा बस नियमअनुसार सञ्चालन हुनेछन् ।

द्रुत सेवाका बसहरुले १९ स्थानमा यात्रु चढाउने तथा ओराल्ने यातायात व्यवस्था विभागले जनाएको छ। द्रुत बस सेवाका लागि रत्नपार्क, भद्रकाली, माइतीघर, बबरमहल, नयाँबानेश्वर, शान्तिनगर, तीनकुने, कोटेश्वर जडीबुटी, लोकन्थली, कौशलटार, गठ्ठाघर, चारदोबाटो लगायत स्थानमा यात्रु चढाउने र ओराल्न मात्रै हुनेछ। द्रुत सेवाका बसहरु काठमाडौंको रत्नपार्क र भक्तपुरको सूर्यविनायकबाट ५–५ मिनेटको फरमा छुट्नेछन्।सार्वजनिक यातायातलाई ट्रफिक जाममुक्त बनाउने उद्देश्यले संसारका विभिन्न देशमा द्रुत बसहरु सञ्चालन हुँदै आएका छन्। नेपालमा पहिलोपटक सञ्चालनमा ल्याइएको यो सेवाको प्रभावकारी कार्यान्वयनमा भने सर्वसाधार र सरोकारवालाहरुले आशंका व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस