शेखर कोइरालाले दिए सभापति देउवालाई कार्यशैली सच्याउन चेतावनी

नेपाली कांग्रेस नेता डा शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई कार्यशैली सच्याउन चेतावनी दिएका छन् । मंगलबार आफूपक्षीय नेताहरूको भेला गरेका शेखरले बुधबार धुम्बाराहीस्थित देउवा निवास पुगेर सभापति देउवालाई कार्यशैली सच्याउन चेतावनी दिएका हुन् ।
त्यस्तै जवाफमा सभापति देउवाले भने सबैलाई मिलाएर अघि बढ्ने बताएका छन् ।
सभापतिका निर्णय प्रक्रिया, सरकारको प्रभावकारिता, संसदीय समितिको सभापति चयनलगायतका विषयमा शेखर–गगन समूहको असन्तुष्टि देखिँदै आएको छ । उपसभापति धनराज गुरुङ र सहमहामन्त्री जीवन परियारलाई साथमा लिएर धुम्बाराही पुगेका शेखरले आजैबाट कोर्स करेक्सन नगरे आफूहरू आफ्नै तरिकाले अघि बढ्ने चेतावनी दिए।

प्रतिक्रिया दिनुहोस