विप्लवका छोरा प्रकाशले गरे डा.सँग विवाह

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा डा. प्रकाश विवाह बन्धनमा बाँधिएका छन् ।

नेकपा निकट जनस्वास्थ्य संगठनमा आबद्ध डा. प्रकाशले डा.मान्यता थापासँग बुधबार लगन गाँठो कसेका हुन् । उनीहरू प्रेम सम्बन्धमा रहेको बताइएको छ ।

‘प्रगतिशील विवाह कार्यक्रम’को व्यानरमा सामान्य ढंगले कपिलवस्तुमा बुधबार विवाह भएको हो । पार्टीका नेता तथा कार्यकर्तालाई साक्षी राखेर निकै संक्षिप्त रूपमा गरिएको विवाह कार्यक्रममा ३० हजार रूपैयाँ मात्र खर्च भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस