के तपाँइ मलेखुको बाटो हुँदै घर जाँदै हुन्ुहुन्छ ?

के तपाँइ परिवासँग बसेर मलेखुका होटलमा माछा खान खोज्दै हुनुहुन्छ ?
यदि त्यस्तो हो भने सावधान हुनुहोस् ।मलेखुको होटलहरुमा बेच्न राखिएको माछामा अखाध्य वस्तुको मिसावट भेटिएको छ ।हेर्दा ताजा र लोभलाग्दो देखिने माछामा मानव स्वास्थ्यकोलागि हानिकारक कोलतार रंग सिम्पेथक फुड कलर मिसाइएको भेटिएको हो ।
जिल्ला प्रशासन कार्यालय धादिगंबाट खटिएको अनुगमन टोलीले विक्रिकालागि राखिने अधिकांश माछाहरुमा रगं मिसाइएको बरामद गरेको छ ।

लोभलाग्दो देखाउनकोलागि प्रशोधन र आगोमा सुकाउने बेलामा ब्यापारीहरुले खान न मिल्ने रगं
मिसाइएको पाइएपछि त्यस्ता माछाहरु जफत गरी अनुगमन टोलिले नष्ट गरिदिएको छ ।
राजमार्गका होटलहरुमा यात्रुहरुको स्वास्थ्यमा असर पर्ने गरि खानेकुराहरु विक्रिवितरणमा पटक पटक अनुगमन गरेर अखाध्य वस्तुको प्रयोग न गर्न आग्रह गरे पनि व्यापारीहरु अटेर गरेको पाइएको नुवाकोटका खााध्य निरिक्षिक नवराज श्रेष्ठले बताउनु भएको छ ।

योे रगं मिसाएको माछा खाँदा रसायनिक प्रतिकृया भइ विषाक्त वस्तु बन्ने गदर्छ ।
त्यस्ता खानेकुरा मानव शरीरमा प्रवेश भएपछि क्यान्सर जस्ता घातक रोग लाग्ने र शरीरका अन्य अगंहरुमा प्रत्यक्ष रुपमा असर पार्ने गर्दछ ।
खाध्य वस्तुमा अर्गानिक रगं प्रयोग गर्न पाइने भए पनि केमिकलयुक्त रगंले मानवको स्वास्थ्यमा असर पर्ने हुँदा राजमार्गका होटल तथा पसलहरुमा अबदेखि यस्तो गरेको पाईएमा कडा कारबाही गर्ने र अटेर गर्ने व्यापारीहरुको पसल नै सिल गर्ने चेतावनी समेत दिईएको छ ।

पछिल्लो सात दिन देखि धादिगंका राजमार्गका होटल र पसलहरुको अनुगमन कडाइका साथ तिब्र बनाइएको छ ।
अनुगमनका क्रममा अखाध्य रंग मिसाइएका करिव एक सय पचास किलो माछा बरामद गरेको हो ।

 

 

 

प्रतिक्रिया दिनुहोस