शरीरमा रगतको कमी हुँदा देखिन्छन् यस्ता सङ्केतहरु,यी सङ्केतलाई नगर्नुहोस् बेबास्ता ज्यानै जानसक्छ !

शरीरमा रगतको कमी भएपछि विभिन्न प्रकारको रोगले सताउने गर्दछ। महिलाहरुमा सबै भन्दा धेरै रगतको कमीको समस्या देखिन्छ।रगतको कमीलाई एनिमिया भनिन्छ। यसले शरीरमा आयरनको कमी हुन्छ र रगत बन्न कम हुँदै जान्छ।

वास्तवमा एनिमियाको कारण भनेको अनियमित जीवनशैली र खानपान हो। जब शरीरमा रगतको कमी हुन शुरु हुन्छ तब मानिस एनिमियाको शिकार बन्छ।एनिमियाको लक्षणहरु चिन्न धरै गार्हो छैन, किनभने यो सजिलैसंग थाहा हुन्छ एनिमिया भएपछि शरीरमा हरेक समय थकान अनुभव हुन्छ।

उठ्दा र बस्दा चक्कर लाग्छ र बेहोश हुने पनि एनिमियाको लक्षण हो। एनिमिया भएपछि आँखा र त्वचामा पहेलोपन हुन्छ र सास फेर्न पनि अप्ठ्यारो हुन्छ। शरीरमा कमजोरी आउनुसंगै प्रायजसो अलिकति हिड्दा पनि सास फुल्न थाल्छ।

एनिमियाबाट बच्न सबैभन्दा राम्रो तरिका आफ्नो खानपानमा ध्यान दिनुपर्छ । आफ्नो खानामा हरियो सागपात पनि समावेस गर्नुपर्छ । चुकन्दर, गाजर, टमाटर र पत्ता भएको साग धेरै सेवन गर्नुपर्छ।शरीरमा आइरनको मात्रा बढाउने खाना खानुपर्छ र क्याल्सियमको धेरै सेवन गर्नुहुँदैन।

शरीरमा रगतको कमी हुँदा खानुहोस् यी चिज

हरियो सागपात
पालुङ्गोको साग, ब्रोकाउली, मेथी, सिमी र हरियो केराउ जस्ता गाढा रंग भएका तरकारीहरु आइरनको राम्रो स्रोत हो। तर, पालुङ्गो जस्ता केही हरियो पात भएका तरकारीमा आइरनसँगै एगलेट नामक तत्व पनि पाइन्छ।

जसका कारण शरीरलाई आइरन ग्रहण गर्न बाधा पुर्‍याउँछ। त्यसैले हरियो पात भएको तरकारीसँग भिटामिन सी पनि सेवन गर्नु आवश्यक हुन्छ। किनभने भिटामिन सीले आइरनलाई शोषित गर्न सहयोग पुर्‍याउँछ।

त्यसैले हरियो पात भएको तरकारीसँग भिटामिन सी युक्त खाद्य पदार्थ जस्तै सुन्तला, कागती, रातो क्याप्सिकम र स्ट्राबेरीको पनि सेवन गर्नु आवश्यक छ। यसो गर्नाले शरीरले सजिलै आइरन अवशोषित गर्छ।

रातो मासु
यदि तपाईं मांशाहारी हुनुहुन्छ भने तपाईंले खानामा रातो मासुलाई समावेश गर्न सक्नुहुन्छ । रातो मासु पनि आइरनको सर्वोत्तम स्रोत हो। आफ्नो शरीरलाई स्वस्थ राख्न र आइरनको कमीलाई कम गर्नका लागि रातो मासुको सेवन गर्नुपर्छ।

चुकन्दर
चुकन्दर अर्थात् बिटरुट आइरनको राम्रो स्रोत हो। जसले शरीरमा रातो रक्त कोशिकाहरुलाई मर्मत गर्न सहयोग गर्छ । चुकन्दरको सेवन गर्नाले हेमोग्लोबिन बढ्छ।

चुकन्दरको तुलनामा यसको पातमा तीन गुना बढी आइरन हुन्छ। त्यसैले, चुकन्दरका साथै यसको पातलाई पनि सलादमा समावेश गर्नुपर्छ अथवा तरकारी पकाउदा चुकन्दरको पातको पनि प्रयोग गर्न सकिन्छ।

ओट
ओट पनि आइरनके उत्तम स्रोत हो । एक कप ओटमा ९ मिलिग्राम आइरन हुन्छ। जुन प्रि-मेनापोजको क्रममा रहेका महिलाहरुका लागि आधा आइरन बराबर हुन्छ।

ओटमा दुध, केरा, किसमिस र मह मिसाएर खानाले शरीर स्वस्थ रहिरहन्छ । यसको साथै शरीरलाई सम्पूर्ण पोषक तत्व पनि प्राप्त हुन्छ ।

आलु
जब आइरन पर्याप्त प्राप्त हुने खाद्य पदार्थको कुरा आउँछ। हाम्रो दिमागमा हरियो सागपात र मासु मात्र आउँछ। तर, तपाईंलाई यो कुरा सुनेर आश्चर्य लाग्नसक्छ।

आलु पनि आइरनको राम्रो स्रोत हो। एक सय ग्राम आलुमा ७ मिलिग्राम आइरन पाइन्छ । त्यसैले अन्य तरकारीसँगै आलुलाई पनि प्राथमिकता दिनुपर्छ।

किसमिस
रगत बनाउनका लागि आवश्यक भिटामिन-बी कम्प्लेक्सको कमीलाई किसमिसले पूरा गर्छ। आइरन भरपुर मात्रामा भएको कालो किसमिसको सेवन गरेर आफ्नो हेकोग्लोबिन बढाउन सक्नुहुन्छ।

अञ्जिर
अञ्जिरमा भिटामिन–बी १, बी २, क्याल्सियम, आइरन, फस्फोरस, म्यागनिज, सोडियम, पोटासियम र क्लोरिन पाइन्छ । दुईवटा अञ्जिरलाई राति पानीमा भिजाएर बिहान त्यो पानी र अञ्जिर खानाले हेमोग्लोबिनको स्तर बढाउन सकिन्छ।

अण्डा
दिनहुँ एउटा अण्डाको सेवन गर्नाले एक मिलिग्राम आइरन प्राप्त हुन्छ। जुन एनोमियाको समस्याबाट पीडित मानिसहरुका लागि अति नै फाइदाजनक हुन्छ।

हप्तामा कम्तिमा पनि तीन दिन अण्डा खानुपर्छ। अण्डाको पहेँलो भागमा धेरै फ्याट र कोलेस्ट्रल हुन्छ। त्यसैले दुईवटा अण्डाको सेतो भाग र एउटा अण्डाको पहेलो भाग सहित खानुपर्छ।

स्याउ
स्याउ एनोमिया जस्तो रोगका लागि अति नै फाइदाजनक हुन्छ। यसमा आइरनका साथ अन्य धेरै किसिमको पोषक तत्वहरु पाइन्छ। जसले हेमोग्लोबिनको स्तरलाई बढाउनका लागि आवश्यक हुन्छ। त्यसैले दिनहुँ एउटा स्याउ खानु आवश्यक छ।

सुन्तला
आइरनलाई शरीरमा अवशोषित गर्नका लागि भिटामिन-सीको आवश्यकता पर्छ र सुन्तलामा पर्याप्त मात्रामा भिटामिनसी हुन्छ। त्यसैले आफूले चाहे जस्तो परिणाम प्राप्त गर्नका लागि दिनहुँ एउटा सुन्तला पनि खानु आवश्यक छ।

आलुबखडा
यो फल आइरन र भिटामिन-सीको उपयुक्त स्रोत हो र यी दुबै तत्वले शरीरमा हेमोग्लोबिनको स्तरलाई बढाउनका लागि सहयोगी हुन्छ।

यसबाहेक सुकेको आलुबखडामा पनि पर्याप्त मात्रामा म्याग्नेसियम पाइन्छ। जुन रातो रक्त कोशिकाहरुको निर्माणमा सहभागी हुन्छ । यति मात्र नभएर म्याग्नेसियमले शरीरमा अक्सिजन प्रवाह गर्नपनि सहयोग पुर्‍याउँछ।

केरा
केरामा पर्याप्त मात्रामा आइरन पाइन्छ। यसले शरीरमा हेमोग्लोबिन निर्माण बढ्छ । आइरनबाहेक केरामा फोलिक एसिड पनि पर्याप्त मात्रामा पाइन्छ ।

जुन रातो रक्त कोशिकाहरुको निर्माणका लागि आवश्यक हुन्छ । मह अथवा अमलाको रससँग केराको सेवन गर्नाले हेमोग्लोबिनको स्तर बढ्नसक्छ ।

अम्बा
अम्बा जति पाकेको हुन्छ। त्यति नै धेरै पौष्टिकताले भरिपूर्ण हुन्छ । पाकेको अम्बाको सेवन गर्नाले शरीरमा हेमोग्लोबिनको स्तर कम हुँदैन ।

बदाम
१० ग्राम भुटेको बदाममा शून्य दशमलव पाँच मिलीग्राम आइरन हुन्छ। यसबाहेक बदाममा क्याल्सियम र म्याग्नेसियम पनि पाइन्छ। यसको सेवन गर्नाले हेमोग्लोबिनको कमी पूरा गर्न सकिन्छ।

काजु
१० ग्राम काजुमा शून्य दशमलव ३ मिलिग्राम आइरन हुन्छ । त्यसैले यसको नियमित सेवनले शरीरमा हेमोग्लोबिनको स्तर बढाउँछ।

ओखर
ओखरमा ओमेगा ३ फ्याटी एसिडको मात्रा धेरै हुन्छ। यसबाहेक ओखरमा क्याल्सियम, म्याग्नेरियम, फाइबर र भिटामिन-बी पयाप्त मात्रामा पाइन्छ । यसको सेवन गर्नाले तपाईं शरीरमा हेमोग्लोबिनको कमी पूरा गर्न सकिन्छ।

तुलसी
तुलसीलाई रगतको कमी कम गर्नका लागि रामवाण मानिन्छ। तुलसीको पातको सेवन नियमित रुपमा गर्नाले शरीरमा हेमोग्लोबिनको मात्रा बढ्छ।

पेस्ता
पेस्तामा ३० भिन्दा–भिन्दै किसिमको भिटामिनहरु पाइन्छ। यसमा आइरनको मात्रा पनि पर्याप्त मात्रामा हुन्छ।

कागती
कागतीमा भिटामिन–सी पर्याप्त मात्रामा पाइन्छ। यसले शरीरमा हेमोग्लोबिनको स्तर बढाउँछ।

प्रतिक्रिया दिनुहोस