पाल्पामा जिप दुर्घटना पाँच जना घाइते, चार जनाको अवस्था गम्भीर

पाल्पा जिल्लालाको रम्भा–४ रानीवन नजिकै भ्यान दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । सोमबार बिहान ५ बजेतिर आर्यभाङ्ज्याङ्–रामपुर सडकखण्ड हुँदै वीरकोट जाँदै गरेको लु १ ज ३९८३ नम्बरको भ्यान दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ। भ्यान सडकदेखि दुई सय मिटर तल खसेको बताइएको छ भने  दुर्घटनामा परी रम्भा–४, रमाइडाँडा बस्ने वर्ष २३ का कृष्ण सारू, सोही स्थानका २७ वर्षका नरेन्द्र दर्लामी, २२ वर्षका दिलबहादुर कवरमगर, १९ वर्षका मोहनसिंह दर्लामी र १८ वर्षका सुरेश सारू गम्भीर घाइते भएका छन् ।  घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ भने एक जनाको अवस्था सामान्य छ । उनीहरूको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस