समाजसेवी पल शाहको हातमा वा बल-त्कारीको हातमा हतकडी ? अब ७ दिन हिरासत भित्रै बस्नुपर्ने , हेर्नुहोस

काठमाडौं :

नायक पल शाहविरुद्ध ब’ला’त्का’रसम्बन्धी अर्को उजुरी परेको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को इलाका प्रहरी कार्यालय गैँडाकोटमा अभिनेता शाहविरुद्ध आज आइतवार ब’ला’त्का’रसम्बन्धी उजुरी जाहेरी गरिएको हो ।

गैँडाकोट–५ मा रहेको गैँडाकोट रिसोर्टमा विसं २०७७ चैत ७ गते गीत सुटिङका क्रममा कलाकार पल शाहबाट ब’ला’त्कृत भ’ए’को भन्दै एक १७ वर्षीया गायिकाले उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिनुभयो ।

पीडित किशोरीले आज आफन्तसहित गएर इलाका प्रहरी कार्यालयमा उजुरी दिएकी गिरीले बताउनुभयो । पीडित किशोरीको उजुरीपछि प्रहरीले घटनास्थलको अनुसन्धानको काम सकेर आजै उनको स्वास्थ्य परीक्षण गर्ने तयारी गरेको गिरीको भनाइ छ ।

अहिले उनी प्रहरी हिरासतमै छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी दिलिप गिरीले गैँडाकोटमा उजुरी परेसँगै अब आरोपित शाहलाई तनहुँबाट झिकाएर अनुसन्धान गर्ने बताए । नेपालको कानुन अनुसार १८ वर्षभन्दा कम उमेरकी नाबालिगसँग सहमतिमै कर णी गरे पनि त्यसलाई गैर कानुनी मानिन्छ ।

गायन क्षेत्रमा अघि बढिरहेकी आफूलाई प्रेमको नाटक रचेर पलले अन्याय गरेको भन्दै ती गायिका प्रहरी कार्यालयमा पुगेकी हुन् । यसअघि उनलाई पलले दुई वर्षपछि बिहे गर्छु भन्दै आफ्नो प्रभावमा राखेको आरोप लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस