आक्रमणको बदला लिन लेबलानमा इजरायलको आक्रमण जारी

इजरायलले शनिबार माथिल्लो गलिलीमा रहेको इजरायली बस्तीमा निर्देशित मिसाइल आक्रमणको बदला लिन दक्षिणी लेबनान गाउँहरुमा आक्रमण गरिरहेको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले जनाएको छ । दक्षिणी लेबनानी गाउँहरु यारुन र बिन्ट जबेलको बाहिरी भागमा अहिले आक्रमण जारी रहेको बताइएको छ । इजरायलको आक्रमणका कारण दक्षिणी लेबनानी गाउँहरु आल्मा अल शाब राम्या, अल धाहिरा र अल लाबोनेहलाई लक्षित गरी आक्रमण गरेको थियो । यसैबीच इजरायली रक्षा बलले सामाजिक सञ्जाल ट्वीटर ९एक्स० मा लेबनानको सशस्त्र समूह हिजबुल्लाहमा आक्रमण गरेको स्वीकार गरेको छ । आक्रमणका कारण हालसम्म १५ सय बढी लेबनानी विस्थापित भएका छन् । सिन्ह्वा – न्यूज एजेन्सी नेपालबाट साभार

प्रतिक्रिया दिनुहोस