रास्वपा सभापति रवि लामिछानेले गरे दाइको हातबाट टीका ग्रहण

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दशैँको टीका, जमरा, प्रसाद र आशीर्वाद ग्रहण गरेका छन्। मंगलबार बिहान उनले दाजु हरिशरण लामिछानेबाट दशैँको दीका, जमरा र प्रसाद ग्रहण गरेका हुन्। टीका ग्रहणपछि उनले फेसबुकमा तस्वीर राख्दै सम्पूर्ण नेपालीलाई शुभकामना दिएका छन्। उनले लेखेका छन् असत्यमाथि सत्य, अन्यायमाथि न्याय, खराबमाथि असल र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको उत्सवको रूपमा मनाइने विजया दशमीको उपलक्ष्यमा सम्पूर्ण आमाबुवा, दाजुभाइ, दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक मङ्गलमय शुभकामना १ यस विजया दशमीले हामी सबैलाई हाम्रो समाज र मुलुकमा सत्य, न्याय र असलका पक्षमा लाग्न नयाँ जोश, जाँगर र उत्साह थपोस्’ ।

प्रतिक्रिया दिनुहोस