बाटोमा भेटेको पैसा टिप्नु भएको छ ? यस्तो छ धार्मिक परिणाम !

हरेक व्यक्तिको उर्जा त्यस सिक्कामा पुग्ने गर्छ । र विस्तारै विस्तारै मानिसको उर्जा त्यस सिक्कामा संग्रह हुँदै जान्छ ।

बाटोमा भेटिएको पैसालाई कसैले व्यक्तिगत प्रयोजनमा प्रयोग गर्ने गरेका छन् । कतिपयले भेटिएको पैसा खर्च गर्न नहुने भन्दै धार्मिक स्थलमा दिने वा धार्मिक काम गर्ने गरेका छन् । हिन्दू धर्म दर्शनको मान्यता अनुसार सिक्का पैसा भेट्नु र नोट भेट्नुका फरक फरक अर्थ रहेका छन् । जमिनमा फेला परेको सिक्का पैसाको सम्बन्ध आध्यात्मिकतासँग छ ।

प्रतिकात्मक रुपमा कुरा गर्ने हो भने धनको अर्थ शक्ति, सत्ता र मूल्यसँग छ । यसको सम्बन्ध इतिहासका साथ पनि छ किनकी यो एक अर्कासँग पुग्छ । जो व्यक्तिले भेटिएको सिक्का आफ्ना हातमा लिन्छ उसको शरीरको उर्जा त्यस सिक्काको माध्मबाट अर्को व्यक्तिसम्म पुग्छ । एक बाट अर्कोमा यो श्रृंखला बढ्दै जान्छ । हरेक व्यक्तिको उर्जा त्यस सिक्कामा पुग्ने गर्छ । र विस्तारै विस्तारै मानिसको उर्जा त्यस सिक्कामा संग्रह हुँदै जान्छ ।

चीनमा सिक्कालाई किनमेलको बस्तुमात्र नभएर गुडलकको रुपमा पनि हेरिन्छ भने, नेपाल र भारतमा धनलाई लक्ष्मीसँग जोडेर पनि हेरिने गरिएको छ । यसर्थ अप्रत्याशित रुपमा पाइने पैसालाई राम्रो मानिने गरिएको छ । यसको सम्बन्ध परलौकिक शक्तिकासाथ पनि छ । सिक्काको माध्यमबाट तपाईलाई यस्तो जानकारी दिन चाहन्छ कि तपाई स्वयंलाई कम नआक्नुहोस् ।

यदी तपाईले आफ्नो आत्मविश्वास गुमाउनु भएको छ भने त्यसलाई जीवित गर्ने कोसिस गर्नु भन्ने संकत प्रदान गर्छ । यो अर्को कुराको पनि संकेत हो । शायद तपाईका पूर्खा यी सिक्काको माध्यमबाट आफ्नो आशिर्वात पुर्‍याउन खोजिरहेका हुनसक्छन् । तपाईले नोट या सिक्का भेट्नुभयो भने यो दुई कुरामा आधारित हुन्छ ।

तपाई कुनै नयाँ योजनालाई साकार पार्न चाहिरहनुभएको छ भने त्यसका लागि सही समय आएको छ ।

पहिलो, पैसा भेटेको समयमा तपाईको दिमागमा के चलिरहेको थियो र दोस्रो तपाईले नोट फेला पर्नुभयो कि सिक्का ? तपाईले सिक्का फेला पार्नुभएको छ भने यसको समबन्ध नयाँ कामको शुरुवातसँग छ । यदी तपाई कुनै नयाँ योजनालाई साकार पार्न चाहिरहनुभएको छ भने त्यसका लागि सही समय आएको छ ।

यो सफलता, प्रगति तथा उपलव्धिको निशानी हो । आकाशीय शक्ति तपाईलाई बताउन चाहिरहेको हुन्छ कि तपाइृको मस्तिष्कमा जो विचार आइरहेको छ त्यसलाई सफलता तर्फ लैजान खोजिरहेको छ । यदी तपाईले नोट फेला पार्नु भयो भने यसको अर्थ तपाईले आफ्नो परिस्थितिलाई गम्भीरताका साथ हेर्न जरुरी छ । आफूमाथि विश्वास गर्दै निर्णयलाई कार्यरुप दिन जरुरी छ ।

यी ५ १ चीज बाटोमा देखे छुनुहुँदैन्

मानिस बाटोमा हिडडुल गर्ने क्रममा विभिन्न किसिमको चीज देखिन्छन् । यी चीजहरूमा केही अशुभ र नोक्सानदायक पनि हुन्छ । यहाँ ६ यस्ता चीज बताइएको छ, जसलाई बाटोमा देखेमा छुनुहुँदैन किन कि यसलाई अशुभ मानिन्छ । यी चीजलाई छुँदा दुर्भाग्यको सामना गर्नुपर्ने हुनसक्छ ।

विष्णु पुराणमा सुख-समृद्धि र पवित्रता बनाई राख्नको लागि विभिन्न प्रकारको नियम बताइएको छ । यी नियमहरूको पालना गरेमा भगवान विष्णु र महालक्ष्मीको साथै सबै देवी-देवताको कृपा प्राप्त गर्न सकिन्छ । विष्णु पुराणमा बताइएको छ कि बाटोमा हिडडुल गर्ने क्रममा कुन वस्तुहरूबाट टाढा रहनुपर्दछ, अन्यथा समस्या र दुखको सामना गर्नुपर्ने हुनसक्छ । यी चीजहरूको कारण हाम्रो पवित्रता पनि नष्ट हुन्छ ।

१-कपाल – कतिपय अवस्थामा कुनै व्यक्तिको टुटेको कपाल बाटोमा देखिन्छ । कपाललाई अपवित्र मानिन्छ । बाटोमा देखिने कपालबाट टाढा भई दुरी पार गर्नुपर्दछ । यदि खानामा कपाल परेमा खाना अपवित्र हुने गर्छ ।

२-हड्डी – बाटोमा दुर्घ’टना भैरहेका हुन्छन् र यी दु’र्घटनामा कयौँ पटक जनावरको मृत्यु हुन्छ । यस्तो अवस्थामा मरेको जीवहरूको अस्थी बाटोमा रहेको हुन्छ, त्यसबाट टाढा भई बाटो पार गर्नुपर्दछ । अस्थीको सम्पर्कमा आइसकेपछि स्नान गर्न अत्यन्त आवश्यक हुन्छ । शास्त्रको अनुसार मृत जीवको सम्पर्कमा आइसकेपछि हामी अपवित्र हुन्छौँ । यसकारण कुनै शव यात्रामा समावेश भैसकेपछि तुरुन्त स्नान गर्न आवश्यक हुन्छ ।

३-स्नानको कारण फैलिएको पानी – यदि हामी कतै जाँदैछौँ र बाटोमा कुनै व्यक्तिले स्नान गरिसकेपछि फैलिएको पानी देखिएमा त्यस पानीबाट टाढा भई बाटो पार गर्नुपर्दछ । स्नान गरिसकेपछि फैलिएको पानी फोहोर र अपवित्र हुन्छ । यस पानीको सम्पर्कमा आउँदा हाम्रो पवित्रता नष्ट हुन्छ ।

४-खरानी – जब यज्ञ-हवन जस्ता पूजा कर्म पूर्ण हुन्छ भने यसबाट खरानी प्राप्त हुन्छ । यदि बाटोमा यस्ता खरानी देखिन्छ भने यसबाट पनि टाढा भई जानुपर्दछ । यज्ञ-हवनबाट प्राप्त खरानी पवित्र हुन्छ तर यदि यसमा खुट्टा लागेमा यसलाई अशुभ मानिन्छ ।

५-अपवित्र वस्तु – यदि बाटोमा कुनै पनि प्रकारको अपवित्र वस्तु देखिन्छ भने यसबाट टाढा रहेर बाटो पार गर्नुपर्दछ । पूजा र कुनै पनि विशेष काममा जाँदा पवित्रता रहिरहनु पर्दछ । यस कुरालाई विशेष ध्यान राख्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस