खुशीको खबर ! रोल्पामा सुनखानी रहेको पुष्टि, छिट्टै उत्खनन गरिने

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन ‘अनन्त’ ले विगतमा ज’नयुद्धको केन्द्रका रुपमा रहेको रोल्पालाई अब विकासको केन्द्र बनाउने कामको था’लनी भएको जनाएका छन् । रोल्पा सदरमुकाम लिवाङमा बुधबार लगानी स’म्मेलनको उ’दघाटन गर्दै मन्त्री पुनले ज’नयुद्धको केन्द्र र परिवर्तनको प्र’तीकका रुपमा रहेको रोल्पा अब विकास, समृद्धि तथा लगानीमैत्री जिल्ला हुने घो’षणा गरे । रोल्पा लगानीका लागि उर्बर क्षेत्र रहेको उनको भनाइ थियो । विभिन्न अध्यननले रोल्पामा सुनखानी रहेको पुष्टि भइसकेकाले अब त्यसको उत्खनन् गरेर जिल्ला र मुलुककै स’मृद्धिका लागि लगानी गर्न सकिने उल्लेख गरेका छन् । रोल्पा जलविद्युत, कृषि, पशुपालन, खानी तथा खनिज र पर्यटन क्षेत्रका लागि राम्रो स’म्भावना भएको जिल्ला भएकाले ती क्षेत्रमा लगानी गर्न उद्योगी व्यवसायीलाई मन्त्री पुनले अ’पिल गरेका छन् । नेपाल जलविद्युतमा आ’त्मनिर्भर मात्र नभएर अब नि’र्यात गरी आर्थिक आम्दानी गर्ने अवस्थामा पुगिसकेको उनको भनाइ थियो ।

सरकारले लिएको स’मृद्ध नेपाल, सुखी नेपालीको सपना सकाकार पार्न लगानी क्षेत्रको प’हिचान गरी सरकारको नी’ति तथा यो’जनालाई सफल बनाउनुपर्ने जनाएका छन् । नेपालका हरेक नागरिकलाई स’बल बनाउन संघ, प्रदेश र स्थानीय सरकार तथा निजी क्षेत्रका ल’गानीकर्ताबीच सहकार्यमा उनको जोड थियो । रोल्पा नगरपालिकाको आ’योजना तथा जिल्ला समन्वय समिति रोल्पा र उद्योग वाणिज्य सं’घको समन्वयमा सुरु ल’गानी सम्मेलन दुई दिनसम्म चल्नेछ ।

यस्तै,हामी सबै मोबाईल प्रयोग गछौ । मोबाईल फोन प्रयोग गर्ने बानी सबैमा छ । मोबाईल अहिलेको अत्यावश्यक प्रयोग सामाग्री भईसकेको छ । अन्य समयमा मोबाईलको प्रयोग र राती सुत्नुभन्दा अघिको मोबाईल प्रयोगमा भने ध्यान दिनुपर्छ । दिनमा त ठिकै छ तर राती सुत्नु भन्दा पहिले कम्तीमा पनि एक घण्टा अघि मोबाईलाई आफूबाट टाढा राख्नुपर्छ । यदि यसो गरेनौ भने हामीमा केहि समस्याहरु निम्तीन सक्छन् ।

सुत्नेबेला मोबाइल चलाउनु मानिसक स्वास्थ्यका लागि धेरै हानिकारक हुने तथ्य बाहिरिएको छ । करिब १ लाख मानिसहरुमा गरिएको सर्वेक्षणपछि उक्त तथ्य सार्वजनिक भएको हो । राति सुत्नेबेला मोबाइल चलाउनु मानिसक स्वास्थ्यका लागि धेरै हानिकारक हुने पत्ता लगाइएको समाचार संस्था इन्डिपेन्डेन्टले उल्लेख गरेको छ । यसअघि पनि आरामपूर्ण निद्रा पुर्याउन सुत्ने समयमा मोबाइल चलाउनु उचित नहुने अध्ययनले देखाएको थियो ।

तरपनि अधिकांश मानिसहरु फेसबुक, ट्वीटर र इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालहरु घण्टौँसम्म स्क्रोल गरेर मात्र निदाउने गर्दछन् । यही विषयमा अध्ययन गरिरहेका विज्ञहरुले अहिले यस्ता मानिसहरुमा तनाव, एक्लोपना, बाइपोलार डिस्अर्डर र व्यक्तित्वमा नकारात्मक असर जस्ता मानसिक रोगहरु देखा पर्ने दाबी गरेका छन् ।

वास्तवमा मोबाइलको प्रयोगका कारण मानिसहरुले पूरा निद्रा लिन नपाउने हुनाले शरीरको २४ घण्टे प्रणालीमा अवरोध आउने अध्ययनकर्ताहरुको भनाइ छ । युनिभर्सीटी अफ ग्लासगोका प्रोफेसरहरुले प्रकाशन गरेको ‘ल्यान्सेट साइकियाट्री’ अध्ययनमा नै पहिलोपटक यसले शरीरको दैनिक साइकलमा खराब प्रभाव पार्ने उल्लेख गरिएको थियो ।

यसैको सर्वेक्षणका क्रममा राति मात्र सक्रिय मानिसहरुकोे नाडीका गतिविधि र आन्तरिक शरीरिक प्रणालीमा आउने अवरोधबारे अनुसन्धान गर्न सात दिनसम्म हातमा एक्सेलोमिटर राखिएको थियो । यसै प्रक्रियापछि अनुसन्धानकर्ताहरुले २५ मध्ये एक जनामा असामान्य मानिसक गतिविधि देखा पर्ने बताएका हुन् ।

त्यसैगरी ११ प्रतिशत मानिसहरुमा बाइपोलार डिसअर्डर हुने र ६ प्रतिशत डिप्रेशन र एक्लोपनाको शिकार हुने पनि पत्ता लगाइएको हो । यस्ता मानिसहरुमा अनिद्राको समस्या बढी भेटिने हुनाले नै उनीहरु राति सक्रिय हुने गर्छन् । त्यसकारण यिनीहरु मध्य रातमा मोबाइल चलाउने, चिया पकाउने जस्ता गतिविधिमा संलग्न हुने गरेको प्रमुख अध्ययनकर्ता ड्यानिअल स्मिथले बताएका हुन् ।

उनका अनुसार यस प्रकारका मानसिक रोगबाट बच्न १० बजे सम्मको समयसीमा तोक्न आवश्यक छ । मानिसहरुले त्यसभन्दा पछाडि मोबाइल चलाउनमा रोक लगाए समस्या धेरै कम हुने उनको भनाइ छ । विशेषगरी शहरमा चौबीसै घण्टा बत्तीको मुनि बस्ने मानिसहरुका लागि मोबाइलको अधिक प्रयोगले गम्भीर समस्या निम्त्याउने गरेको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस