मोटी देखेर हुनेवाला श्रीमानले छाडे, ५० किलो वजन कम गरेर यसरी बनिन् देशकै सबैभन्दा सुन्दर युवती

एजेन्सी । जेनिफर एट्किन ‘मिस ग्रेट ब्रिटेन २०२०’ बनेकी छन् । लिन्कोलनसायरको अलकेबी शहरकी बासिन्दा जेनिफर एट्किनले कडा मिहिनेत गरेर यो उपाधि हासिल गरेकी हुन् ।

उनलाई पनि विश्वास रहेको थिएन कि उनले यो उपाधि जित्नेछिन् । २६ वर्षीया जेनिफरले गत २ वर्षमा १०० पाउन्ड ९ करीब ४६ किलो० वजन घटाइन् । उनले यो फैसला तब गरिन् जब उनको हुनेवाला श्रीमानले उनलाई मोटी भनेर ब्रेक अप गरे ।

उनलाई आफ्नो हुनेवाला श्रीमानले छाडेपछि उनले हार मानिनन् । त्यसपछि जेनिफरले आफ्नो खानामा व्यवस्थित गरिन् र जिममा पसिना बगाउन थालिन् । उनी बताउँछिन् कि उनको जीवन पूर्ण रुपमा परिवर्तन भएको छ ।

उनी भन्छिन्, ‘मेरो पहिलेको जीवन र अहिलेको जीवनमा दिन र रातको फरक छ । मैले आफ्नो खानामा परिवर्तन गरेँ । आजभोली पनि म हप्तामा ५ पटक जिम जान्छु । यो मेरो जीवनको हिस्सा बनिसकेको छ ।’ उनलाई १०९ किलोबाट ५६ किलोमा कम गर्न २ वर्ष लागेको थियो ।

प्रतिक्रिया दिनुहोस