छोरासँग न्यूड फोटोसुट गर्दा ९० दिनको जेल सजाय

घाना–अफ्रिकी देश घानाकी अभिनेत्री रोसमोण्ड ब्राउनका लागि छोराको जन्मदिनमा न्यूड फोटोसुट गरेर सामाजिक सञ्जालमा शेयर गर्नु निकै महंगो साबित भएको छ ।

अमर उजालामा प्रकाशित समाचारअनुसार अकुपम पोलो नामले समेत चिनिने यी अभिनेत्रीले छोराको जन्मदिनको अवसर पारेर छोरासँगै न्यूड फोटोसुट गराएकी थिइन् । जुन तस्वीरलाई उनले सामाजिक सञ्जालमा राखेकी थिइन् ।

३१ वर्षीया अकुपम पोलो एक एकल आमा हुन् । उनले गत वर्ष जून महिनामा आफ्नो छोराको सातौं जन्मदिनको दिन पारेर न्यूड फोटोसुट गराएकी थिइन् । जसमा उनी छोराको हात समाएर बसेकी छन् ।

यी तस्वीरलाई उनले सामाजिक सञ्जालमा शेयर गरेकी थिइन् । जुन तस्वीरका कारण सामाजिक सञ्जालमा तिब्र आलोचना भएको छ । उनको यो तस्वीर मामला अदालतसम्म पुगेको छ ।

राजधानी अकरास्थित एक अदालतले अभिनेत्रीको क्रियाकलापलाई गम्भीर मानेको छ । उनको यो क्रियाकलापलाई घरेलू हिंसाको श्रेणीमा राखेको छ । अदालतले उनको गतिविधिले कसैको गोपनियता र सम्मानमाथि नोक्सान पुर्‍याएको जनाएको छ ।

न्यायाधीश क्रिस्टियाना कैनले पोलोलाई ‘के तिमीले न्यूड फोटो पोस्ट गर्नु अघि आफ्नो छोरासँग अनुमति माग्यौं ? के तिमीले आफ्नो बच्चाको अधिकारको सम्मान गर्यौ ?’ भनेकी सोधेकी थिइन् ।

न्यायाधीश क्रिस्टियानाले पोलो एकल आमा भएकोले उनलाई जेल सजाय दिइँदा छोराको स्याहारसुसारमा समस्या आउने भए पनि पोलोलाई जेल सजाय अत्यावश्यक रहेको बताएकी छन् । त्यसका लागि उनलाई ९० दिनको जेल सजाय दिइनुपर्ने न्यायाधीश क्रिस्टियानाको तर्क छ ।

यो मामलामा अभिनेत्रीका वकिलले अदालतको निर्णयविरुद्ध माथिल्लो अदालतमा अपिल गर्ने जनाएका छन् । अभिनेत्रीको वकिलले अभिनेत्रीलाई ९० दिनको जेल सजाय सुनाइनु धेरै भएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस