लकडाउनमा अनलाइन क्लासवाट शिक्षक र विद्यार्थीबीच बस्यो प्रेम, गरे विवाह

एजेन्सी । भनिन्छ संसार नै प्रेममा अडिएको छ । तर कुन बेला कोसंग अनायास प्रेम बस्छ त्यसको पनि कुनै ठेगान हुँदैन । हालै भारतमा एउटा अनौठो घटना भएको छ । अनलाइन क्लासमा पढाउने शिक्षक र विद्यार्थीबीच भएको प्रेम विवाहमा परिणत भएको छ ।

भारतको बिहारमा रहेको भागलपुरमा एक शिक्षकले अन्लाइन क्लास पढाउँदा पढाउँदै विद्यार्थीसँग प्रेम गर्न थाले अनलाईन क्लास पछि उनीहरुबीच माया प्रेमका कुरा पनि हुन थाल्यो । फिजिक्सको कोचिङ क्लास चलाउने रोहितले अन्लाइन क्लास लिँदै गर्दा बांकामा बस्ने काजललाई देखे पछि माया पलायो ।

पढाउँदै जाँदा दुवैबीच प्रेम टुसायो र विवाहको कुरा आयो । रोहितले दाइजो नलिइकन अनि ब्यान्डबाजा नबजाइकन मन्दिरमा विवाह गरे । रोहित सुल्तानगंज प्रखण्डको कटारा पञ्चायतमा भएको कुमारपुर गाउँमा बस्ने गिरिनन्द सिंहका छोरा हुन् । काजल बांका जिल्लाको शम्भुगञ्ज प्रखण्डस्थित बिरौंधा निवासी संजय मंडलकी छोरी हुन् ।

जूम र ह्वाट्सयापमा चलेको अन्लाइन क्लासमा काजल पनि आइन् । पछिपछि रोहित र काजलको प्रेम बढ्दै गयो । अनि उनीहरूले भेटघाट गर्ने फैसला लिए ।

गत २ जुनमा कुमारपुरको काली मन्दिरमा रोहित र काजलको विवाह भयो । रोहितले दाइजो नलिइकन विवाह गरेर दाइजोका लोभीहरूलाई कडा सन्देश दिएका छन् । धेर खर्च नगरी गरेको सादा विवाहलाई मानिसले प्रशंसा गरेका छन् ।

ज्या’न बचाउन ट्वाइलेटमा लुक्दा पनि ढोका फोडेर कु’टे,२ तलाबाट हाम फाल्दा बचियो

प्रतिक्रिया दिनुहोस