नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिने भएका छन्। कांग्रेस भित्रको क्रियाशिल सदस्यता विवादका कारण उनले राजिनामा दिन लागेका हुन् । उनले भनेका छन् – पार्टीको क्रियाशील विवाद मिल्न सकेन नेता कार्यकर्ताको धर्ना चलिराछ अब यस्तो परिस्थितिमा राजिनामा दिनु उचित हुन्छ ।
उनि प्रतिनिधि सभा निर्वाचनमा सर्लाही–४ बाट निर्वाचित सांसद हुन् । उनले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई राजीनामा पत्र बुझाउनका लागेका हुन्। यसका लागि उनी बालुवाटार जाँदैछन्।