काठमाडौँ,कति मानिसहरु सन्तानको इच्छा गर्छन् तर पनि सन्तान भइरहेको हुदैन। उनिहरुलाई गर्भधारण पछि के खानु हुदैन त्यसको थाहा नहुन सक्छ । यदि तपाई पनि गर्भवती हुँ भन्ने चाहनुहुन्छ भने यी खानेकुरा नखाएकै राम्रो।
नीमः नीमले गर्भधारण रोक्छ। यसको प्रयोगले शुक्राणुको गतिशीलता निकै कम हुन्छ र गर्भधारणको संभावना कम हुन्छ। त्यसैले नीमको प्रयोग नगर्नुहोस्।
नीमले शुक्राणुको मात्रामा पनि कमि ल्याउने काम गर्दछ। यसको सेवन पुरूषले गरे गर्भधारणको संभावना कम हुन्छ।
कमन फिगः कमन फिग एक फल हो । यसले पनि गर्भधारण हुन दिदैन। तपाई १५ दिनसम्म कमन फिग नखानुहोस्।
अदुवाः अदुवाको प्रयोग हरेक घरमा कुनै न कुनै रुपले भै रहेको हुन्छ। तर अदुवाले गर्भधारण रोक्ने काम गर्दछ । त्यसैले सम्बन्ध राखेको केहि हप्तासम्म अदुवाको प्रयोग नगर्नुहोस्।
धनीयाँः गर्भधारण भएपछि पनि धनीयाँको नखानुहोस्। यसले गर्भपतन गर्न सक्छ।
मेवाः गर्भधारणपछि मेवा खान मनाही गरिएको छ । यसबाट गर्भपतन हुने संभावना हुन्छ। त्यैले तपाई सन्तान चाहानुहुन्छ भने सम्बन्ध राखेपछि एक हप्तासम्म मेवा नखानुहोस्।