बुद्ध एयरमा बेहुली लिएर जानुस् , पोखराको दुईतर्फी टिकट सित्तैमा पाउनुस्

काठमाडौ । बुद्ध एयरले नवविवाहित दम्पतीलाई शुभकामनासहितको अफर ल्याएको छ। कम्पनीका सूचना अधिकारी दिपेन्द्र कर्णका अनुसार आफ्नो विमानबाट यात्रा गर्ने बेहुलाबेहुली जोडीलाई पोखराको दुईतर्फी टिकट उपहार दिने भएको हो।

बुद्ध एयरले आफ्नो विमानमा यात्रा गर्ने बेहुला बेहुलीलाई काठमाडौं पोखराको दुईतर्फी टिकट उपहार दिने भएको छ। बुद्ध एयरले मंगलबार एक विज्ञप्ति जारी गर्दै नव विवाहिता जोडीलाई शुभकामनासहित पोखराको दुईतर्फि टिकट उपहार दिने बताएको हो। यसका लागि बेहुला(बेहुलीसहित यात्रा गरेको तस्बिर बुध्द एयरको सामाजिक सञ्जालमा ट्याग गर्नुपर्नेछ।

यो अर्को समाचार, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नेपाल लाइफ समुन्नत जीवन’ जीवन बीमा योजना मंगलबार सार्वजनिक गरेको छ। कम्पनीले समयसापेक्ष ग्राहकको चाहना तथा अभिकर्ताहरुको सुझावलाई मध्यनजर गर्दै नयाँ नयाँ जीवन बीमा योजनाहरु ल्याउने क्रममा ‘नेपाल लाइफ समुन्नत जीवन’ जीवन बीमा योजना यहाँहरु माझ प्रस्तुत गरेको हो।

यो जीवन बीमा योजना मुनाफामा सरिक हुने सावधिक जीवन बीमा भएको कम्पनीले जनाएको छ। विकासोन्मुख देश र भौगोलिक बनावटका कारणबाट नेपालको जीवनयापनमा जोखिम रहेको पाइन्छ। विकासको गति बढेसँगै ठूला ठूला परियोजनाहरु, हाइड्रोपावरहरु, भवन निर्माण लगायतका निर्माण कार्य तिव्र गतिमा अघि बढेका छन् । यस्तो विकास निर्माणका काममा जोखिम बढि रहेको हुन्छ।

साथै अन्य जोखिमयुक्त पेशाहरु जस्तै डाक्टर, इन्जिनियर, बाइक राइडर, फ्याक्ट्री वर्करदेखि लेबरसम्मका पेशा अपनाउने व्यक्तिहरुलाई लक्षित गरेर यो जीवन बीमा योजना ल्याएको हो।

यसरी बढी जोखिमयुक्त पेशामा लागेका व्यक्तिको एउटै बीमालेखबाट अधिकतम जोखिम वहन गर्ने विशेषता भएको बीमा योजनाको माग भएको सर्वेक्षणका आधारमा कम्पनीले ‘नेपाल लाइफ समुन्नत जीवन’ जीवन बीमा योजना यहाँहरुमाझ ल्याएको हो।

यस बीमा योजनाको मूख्य आकर्षण भनेको बीमा अवधि भित्र बीमितको दुर्घटनाका कारण मृत्यु भएमा बीमाङ्क रकमको तेब्बर र आर्जित बोनस बीमितका इच्छाइएको व्यक्तिले भुक्तानि प्राप्त गर्न सक्नु हो।

यो बीमालेख १८ वर्षदेखि ६० वर्ष उमेर समुहका व्यक्तिले लिन सक्नेछन्। ५ वर्षदेखि अधिकतम ३० वर्र्षसम्म अवधिको बीमा लिन सकिनेछ भने १८ वर्ष देखि ६० वर्षसम्मै घातक रोग उपचार खर्च योजना ऐच्छिक सुविधा लिन सकिनेछ।

अतिरिक्त बीमाशुल्क तिरेर बीमाङ्क रकम बराबर वा अधिकतम ५० लाखसम्मको घातक रोग उपचार खर्च योजनामा सामेल हुन सकिनेछ। यो बीमालेखको बीमा समाप्ति अधिकतम ६५ वर्ष उमेरमा हुनेछ। ५० हजारदेखि १ करोडसम्मको बीमाङ्क रकमको बीमा गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस