झुक्किएर पनि नखानुहोस् यस्ता खालले आलु, नत्र हुनसक्छ हाम्रो स्वास्थ्यलाई यस्तो असर

काठमाडौँ । आलु हाम्रो घरको भान्सामा सधैँ पाक्ने तरकारी हो । प्राय मानिसलाई मनपर्ने तरकारी पनि आलु हो । आलुलाई हामी तरकारी मात्र नभई अचार र दाल बनाउन पनि प्रयोग गर्ने गर्छौं। आलु स्वास्थ्यको लागी निकै लाभदायक छ ।

तर आलु खाँदा हामीले कस्ता खालका आलु खाइरहेका छौँ भन्ने कुरा जान्नु निकै जरुरी छ । कतिपय आलु हाम्रो स्वास्थ्यको लागी बिष सम्मान हुने गर्छन् । हामी मध्ये धेरैलाई कस्ता खालका आलुले हाम्रो स्वास्थ्यलाई असर गर्छ भन्ने कुराको ज्ञान हुने गर्दैन । हामीले खान नहुने आलुहरु यस प्रकार छन् :

१) आलुलाई धेरै समयसम्म त्यसै राख्नाले यसमा रहेको पानीको मात्रा हराउँछ । यसले गर्दा आलु चाउरी पर्ने गर्छ । यसमा टुसा पलाउन थालेको हुन्छ । जसलाई हामी बिउको रुपमा प्रयोग गर्ने गर्छौं । तर कतिपय मानिस यसलाई तरकारीको रुपमा प्रयोग गर्ने गर्छन् । यो हाम्रो स्वास्थ्यको लागी निकै हानिकारक छ किनभने यसमा प्रसस्त विषाक्त पाइन्छ । जसले हाम्रो स्वास्थ्यलाई असर गर्छ ।

२) हरियो रंग – आलुमा हरियो रंग देखा पर्न थालेको छ भने त्यस्तो खालको आलु प्रयोग नगर्नु निकै बुद्धिमानी हुन्छ । आलुको हरियो भागमा सेलेनाइन विषाक्त पदार्थ हुन्छ। यसले हाम्रो स्वास्थ्यमा नकारात्मक असर पुर्याउँछ। यसले गर्दा हामी बिरामी हुने गर्छौं।

३) टुसा आएको आल – आलुलाई लामो समयसम्म भण्डारण गरेपछि त्यसमा टुसा अंकुराउन थाल्छ । अक्सर यस्तो आलु रोप्नका लागि उपयोगी हुन्छ । तर, हामी टुसा अंकुराएको आलु सेवन गर्छौ, जो स्वस्थ्यकर मानिदैन।

यसो गर्दा पुग्छ फाइदा – आलु स्वादिलो र बहुउपयोगी परिकार मात्र होइन, स्वस्थ्यवर्द्धक पनि हुन्छ । आलुमा भिटामिन सि, बि कम्पलेू्रक्स तथा आइरन, क्याल्सियम, म्याग्नेसियम, फस्फोरस तत्व हुन्छ । यदि आलुलाई उसिनेर बोक्रासँग सेवन गर्दा यसमा रहेको पोषक तत्व नष्ट हुँदैन।

प्रतिक्रिया दिनुहोस