एउटै दुलहीलाई लिन २ दुलाहा पुगेपछि हंगामा !

एउटा अचम्मको घटना बाहिरएको छ । भारतको उत्तर प्रदेशमा रहेको कन्नौजमा चलिरहेको एक विवाह समारोहमा दुलही लिन एकैपटक दुईजना दुलाहा पुगेपछि हंगामा मच्चिएको छ ।

ती दुईमध्ये एक दुलहीका प्रेमी थिए भने अर्का चाहिँ दुलहीको परिवारले खोजेका केटा थिए । ककलापुर गाउँमा दुलहीको घरमा जन्ती पुगेको थियो । दुलहीको परिवारले जन्तीको स्वागत गरेको थियो । केही समयपछि दुलहीका प्रेमी पनि जन्ती लिएर पुगे । प्रेमीलाई देखेर दुलही खुशी भइन् तर अन्य मानिस चाहिँ चकित परे ।

जन्ती लिएर आएको प्रेमी देखेपछि दुलहीले आमाबुवाले रोजेको केटासँग विवाह गर्न अस्वीकार गरिन् । झैझगडा हुन लागेपछि प्रहरीलाई खबर गरियो । प्रहरीले दुलही र उनका प्रेमीलाई हिरासतमा लियो ।

त्यस्तै दुलहीका प्रेमीको पनि अर्कै ठाउँमा विवाह हुन लागेको थियो । तीन पक्षबीच प्रहरी चौकीमा कुराकानी भएपछि दुलही पक्षले जन्ती लिएर आएका दुलाहालाई भैगो भने । त्यसपछि तिलकमा पाएको मोटरसाइकल फर्काए ।

अनि दुलहीका प्रेमीले पनि अर्को कुरा चलेको ठाउँमा सामान फर्काए, तीनै पक्षले सम्झौतापत्रमा हस्ताक्षर गरेपछि प्रहरीको उपस्थितिमा दुलही र उनको प्रेमीको विवाह भयो ।

प्रतिक्रिया दिनुहोस