आजदेखि लाईसेन्सका लागि अनलाईन फारम भर्न बन्द, पुरानोको ट्रायल सकिएपछि मात्रै खुल्ने

काठमाडौं चैत्र १ । यातायात ब्यबस्था बिभागले आज चैत १ गतेदेखि सवारी चालक अनुमतिपत्रका लागि आजदेखि आवेदन बन्द गरेको छ । यातायात व्यवस्था विभागले सूचना प्रकाशित गरी अर्को सूचना नआएसम्मका लागि अनलाइन आवेदन बन्द गरेको जनाएको हो ।

लाइसेन्सका लागि आवेदन धेरै परेकाले अनलाइन आवेदन दिनेहरुलाई दुई वर्ष पछिसम्मको कार्यालय भिजिट समय प्राप्त हुने गरेको छ । अहिलेसम्म भरेका अनलाइन आवेदनको टुङ्गो लगाउनुपर्ने भएकाले तत्काललाई नयाँ आवेदन बन्द गरिएको विभागले जनाएको छ ।

कोरोना महामारीका कारण लामो समयदेखि लाइसेन्स परीक्षा रोकिँदा आवेदन दिनेको चाप बढेको हो । अनलाइन आवेदनहरुको कारबाही यथाशक्य चाँडो टुङ्ग्याउनु पर्ने भएकोले चैत १ गतेदेखि अर्को सूचना प्रकाशन नभएसम्मका लागि सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन प्रणाली बन्द रहने विभागद्वारा जारी सूचनामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस