घरकी कान्छी छोरी कबिता साच्चिकै सुन्दरी थिइन्, जेठी छोरी अस्पताल लिएर जादा उनि त सधैको लागि टाढा भैसकिछन !

काठमान्डौ–उदयपुरको बेलका नगरपालिका–३ स्थित कोसी जनता माध्यमिक विद्यालयमा अध्ययनरत १५ वर्षीया कविता सुनुवारको ह त्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सिक्किम राज्य बियुङ स्थायी घर भई बेलका ३ स्थित जितबहादुर ढकाल (खत्री) को घरमा बस्दै आएका १९ वर्षीय बिनोद ढकाल र जितबहादुरकै छोरी १७ वर्षीया सरिता ढकाल (खत्री) रहेका छन् । उनीहरू तीनै जना एकै स्कुलमा पढ्ने साथी–साथी हुन् ।

कविताको शव मङ्गलबा बिहान ७ बजे बेलका–३ यसोदा खोला किनारमा भेटिएको थियो । जनता माविमा कक्षा १० मा अध्ययनरत कविता घरभन्दा झन्डै दुई किलोमिटर र विद्यालयभन्दा सात सय मिटर टाढा यसोदा (जस्ता) खो’ल्साको किनारमा मृ’तावस्था भेटिएकी थिइन् ।

विद्यालयमा नियमित सञ्चालित अतिरिक्त कक्षा (ट्युसन) लिन भनी घरबाट विद्यालय जाँदै गरेकी कविताको श’व भेटिएको हो ।कुकुरसहितको विशेषज्ञ टोली घ’टनास्थल पुगेर अनुसन्धान गर्दा विनोद र जितबहादुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी सुवासचन्द्र बोहोराले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेका उनीहरू नातामा दाजु–बहिनी पर्छन् । विनोद सरिताको ठुलोबुबाका छोरा हुन् ।एसपी बोहोराका अनुसार एसइईको तयारी गरिरहेका उनीहरूबीच एक युवतीको विषयमा वि’वाद भएको थियो । पक्राउ पर्ने सरिता कविताकी सहपाठी हुन् ।

सरिताले फोनमार्फ कवितालाई स्कुल जान बोलाएकी थिइन् । तर विनोदलाई लिएर खोला किनार पुगेपछि उनीहरूबीच वि’वाद भएको थियो, जसक्रममा ढु’ङ्गा र बि’यरको बोतलले हि’र्काएर कविताको ह त्या भएको बोहोराले बताए ।कविताको टा’उकोमा चो’ट लागेको देखिएको थियो ।

ढुङ्गा प्र’हारबाट कविताको अनुहार पनि क्ष’तवि’क्षत भएको थियो । कविताको ह त्या गरेपछि घि’सारेर खोला किनारस्थित बाँसघारी पुर्‍याएर उनीहरू फरार बनेका थिए । फरार रहेका उनीहरूलाई मध्याह्नतिर पक्राउ गरिएको एसपी बोहोराले जानकारी दिए ।

घ’टनास्थलनजिकै स्थानीय युवा, महिला र विद्यार्थीहरूले हत्यारा पत्ता लगाएर ह’दैसम्मको कारबाही माग गर्दै प्रदर्शन गरिरहेका छन् ।यता, विद्यालयका प्रधानाध्यापक सूर्यनारायण साहले कविताको ह त्या भएको बताउँदै ह त्यामा संलग्नलाई क’डाभन्दा क’डा कारवाहीको माग गरेका छन् ।

‘विद्यालयमा नियमित रूपमा अध्ययनरत छात्राको बिद्यालय आउने क्रममा बाटोमा भएको यो क्रु’र र हिं’स्र’क घटना भएको हो,’ प्रअ साहले भने, ‘यो घटनाले बेलका नगरको सुरक्षा संवेदनशिलतामा प्रश्न उठाएको छ ।यसको निष्पक्ष छानबिन गरी यथाशीघ्र अ’पराधी पत्ता लगाई कडाभन्दा कडा स’जाय गर्नुपर्छ ।’

एक अनुशासित र मिहिनेती विद्यार्थी गुमाउनु पर्दा विद्यालय परिवार अत्यन्तै दुःखी भएको उनको भनाइ छ । कविता एसइईको परीक्षा नजिकिँदै गर्दा त्यसको तयारीका लागि ट्युसन पढ्न नियमित रूपमा बिहानै विद्यालय आउने गरेको उनले बताए ।कविता घरकी कान्छी छोरी थिइन् ।

उनकी दिदीको त्यही वडामा विवाह भएको छ । उनका १० वर्षीय भाइ छन् । बुबा कृष्णबहादुर सुनुवार भने बिहानै उठेर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान गएका थिए । नातिनी बिरामी भएका कारण जेठी छोरीलाई साथै लिएर सुनुवार बिहान मोटरसाइकलमा धरान हिँडेका थिए ।

बेलका वडा नं ३ का वडाध्यक्ष भरतबहादुर मगरका अनुसार कविता र कृष्णबहादुर एकसाथ निस्किएका थिए । कृष्णबहादुर घोपा जाँदा ह त्या गरिएकी उनकी कान्छी छोरी कविता भने स्कुलतर्फ लागेकी थिइन् ।तर जेठी छोरीलाई लिएर अस्पताल पुगेका कृष्णबहादुरले

कान्छी छोरीको श’व देख्नु परेको वडाध्यक्ष मगर बताउँछन् । प्रहरीले कविताको श’व पो,’स्ट’मार्टमको लागि बिपी प्रतिष्ठान धरान नै पठाएको हो । इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक तेजप्रसाद दाहालले पो,’स्टमा’र्टमका लागि उनको श’व धरान पठाइएको जानकारी दिए ।

‘कस्तो दुखद् ! जेठी छोरीलाई लिएर अस्पताल गएको बुबाले कान्छीको छोरीको श’व देख्नुप¥यो,’ उनले भने, ‘साह्रै अभागी रहेछन्, कृष्णबहादुर । घरबाट उनीहरू एकसाथ निस्किए । आमालाई छोरी निस्किएको थाहा थिएन । बाबु अस्पतालतिर अनि छारी स्कुलतिर गइन् ।’

प्रतिक्रिया दिनुहोस