गायिकाको बिरोध गर्नेलाई जेनिशाको कडा जवाफ, पिडितले तेसै म पिडित हु भन्छ ? (भिडियो सहित)

जिल्ला अदालत नवलपरासीले नाबालिक गायिकालाई बलात्कार गरेको अभियोगमा मुद्दा खेपिरहेका पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। यसअघि शाहलाई तनहुँ जिल्ला अदालतले पनि थुनामा राख्न आदेश दिएको थियो। दुवै जिल्ला अदालतले एकै आदेश दिएपछि मुद्दाको किनारा नलागेसम्म शाह थुनामा रहने पक्का भएको छ।

बुधबार न्यायाधीश अर्जुन अधिकारीको इजलासले शाहलाई तनहुँमै थुनामा राख्न आदेश दिएको हो। नवलपुरमासमेत परेको बलात्कारको उजुरी घटनामा थुनछेक बहसका लागि शाहलाई मंगलबार तहनुँबाट पठाइएको थियो। शाहविरुद्ध एक नाबालिक गायिकाले तनहुँ र नवलपुरमा बलात्कार उजुरी दर्ता गराएकी थिइन्।

तनहुँ अदालतले शाहलाई पुर्पक्षमा थुनामा राख्न आदेश दिइसकेको छ। नवलपरासी घटनाको भने थुनछेक बहसनै भएको थिएन। थुनमा राख्ने आदेशसँगै तनहुँबाट आएका सुरक्षाकर्मीको टोलीले बुधबार राति ९ बजे शाहलाई फिर्ता लगेको जिल्ला अदालत नवलपरासीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस