फोबर्सको घनाड्री सुचीमा परेका रोहितसंग केकि अधिकारी आज विवाह गर्दै,केकि भन्दा यति वर्ष कान्छा छन रोहित (भिडियो हेर्नुस्)

अभिनेत्री केकी अधिकारी विवाह बन्धनमा बाँधिने भएकी छन्। हाम्रोबजार डटकमका सिइओ रोहित तिवारीसँग आज उनी विवाह बन्धनमा बाँधिने भएकी हुन्। बुधबार केकी र रोहितले मेहन्दी उत्सव मनाएका छन्। पारिवारिक सदस्य र केही साथीभाइबीच दुईले मेहन्दी उत्सव मनाएका हुन्।

रोहित फोर्ब्सको सन् २०२० मा एसियाबाट ३० वर्षमुनिका धनाढ्यको सूचीमासमेत परेका थिए। उनी फुडमारियोको समेत सिइओ हुन्। केकी र रोहितबीच केही समयदेखि प्रेम सम्बन्ध रहेको बताइएको छ।

केकी र रोहित एकवर्षदेखि प्रेम सम्बन्धमा थिए । तर प्रेम सम्बन्धलाई उनीहरुले सार्वजनिक गरेका थिएनन् ।मेहेन्दी उत्सवमा केकीका परिवारका सदस्य र केही साथी मात्र उपस्थित रहेको स्रोतले बतायो ।

केकीका नजिकका साथीहरुले पनि विवाह भएको विषयमा आफूहरुलाई जानकारी नभएको बताएका थिए । केकीका नजिकका साथी मानिने अभिनेत्री बेनिशा हमाल, ऋचा शर्मा र निर्देशक विशाल भण्डारीले केकीले विवाह गरेको विषयमा अनभिज्ञता प्रकट गरे ।

बेनिशाले भनिन्, ‘केकीको बिहेबारे मलाई थाहा नहुने कुरै हुँदैन । मलाई थाहा नदिई त कसरी बिहे गरिन् होला र ? यो कुरामा सत्यता छैन ।’

यस्तै निर्देशक विशाल र अर्की अभिनेत्री ऋचाले पनि केकीले विवाह गरेको हल्ला सुनेको तर सत्य नभएको बताएका थिए । यद्यपि केकीले सामान्य तरिकाले विवाह गर्ने कुरा भने पहिलेदेखि नै बताउने गरेको विशालले बताएका थिए ।

भिडियो हेर्नुस :-

प्रतिक्रिया दिनुहोस