काठमाडौं। आज साताको अन्तिम कारोबार दिन शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार हिजो बिहीबार एक हजार २ सय रूपैयाँले बढेको सुनको मूल्य शुक्रबार ८ सय रूपैयाँले उकालो लागेको हो ।
महासंघका अनुसार बिहीबार एक लाख ९ हजार रूपैयाँमा कारोबार भएको छापावाल सुन आज एक लाख ९ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज तेजावी सुन प्रतितोला एक लाख ९ हजार ती सय रूपैयाँ कायम भएको छ ।
यता आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य बिहीबारकै मूल्य एक हजार ३६० रूपैयाँमा नै कारोबार भइरहेको महासंघले जनाएको छ।