क्वेटा– पाकिस्तानको क्वेटामा सोमबार प्रहरीको गाडी नजिकै विस्फोट हुँदा चार जनाको मृत्यु हुनुका साथै कम्तीमा १५ जना घाइते भएका छन् ।
क्वेटाको शाहराह–ए–इकबाल क्षेत्रमा विस्फोट हुँदा धेरै कार र मोटरसाइकलहरू क्षतिग्रस्त भएका थिए।
जियो न्यूजको अनुसार सबै मृतकहरूको शवलाई स्थानीय सिभिल अस्पतालमा सारिएको छ ।
विस्फोटमा परी मृत्यु हुनेमा एक नाबालिग बालिका पनि छन् ।