आज सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको कतिमा हुँदैछ काराेबार ?

काठमाडौं- पछिल्लो समय लगातार उकालो लागेको सुनको मूल्य मंगलबार पनि बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ आज तोलाको ९९ हजार ८ सय रुपैयाँ तोकिएको छ ।

आज तोलामा २ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ९९ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको हो ।

हिजो स्थिर रहेको सुनको भाउ आज भने तोलामा दुई सय रुपैयाँ बढेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानीकर्ता आकर्षित भएसँगै नेपालमा पनि भाउ महँगो हुँदै गएको हो ।

आज चाँदीको भाउ भने घटबढ भएको छैन । चाँदी आज पनि तोलाको १२ सय ३० रुपैयाँमा नै कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस