टिकटकमा उत्तेजक भिडियो अपलोड गर्दा ३ वर्ष जेल र २२ लाख जरिवाना !

एक हाइप्रोफाइल बेली डान्सरले सामाजिक संजालमा अनैतिक र उत्तेजक भिडियो पोस्ट गरेको अभियोगमा ३ वर्ष जेल र साढे २२ लाख रुपैयाँ जरिवानाको सजाय पाएकी छिन् ।

इजिप्टकी बेली डान्सर सामा एल मेसीलाई यहाँको अदालतले शनिबार ३ वर्ष जेल र ३ लाख इजिप्सियन पाउण्ड जरिवानाको सजाय सुनाएको अल जजीराले जनाएको छ । उनी गएको अप्रिलमा पक्राउ परेकी थिइन् ।

४२ वर्षिया डान्सले भने उक्त भिडियोहरु आफ्नो फोनबाट कसैले बिना अनुमति चोरेर सामाजिक सञ्जालमा शेयर गरेको दावी गरेकी थिइन् ।

कायरोको एक अदालतले शनिबार फैसला सुनाउँदै उनीमाथि मानिसहरुसँग दुर्व्यवहार र अनैतिकताको लागि उक्साएको आरोपमा सजाय तोकेको हो । उनी अप्रिलमा सामाजिक संजालमा पोस्ट गरिएका भिडियो र तस्वीरहरुको जाँचको क्रममा पक्राउ परेकी थिइन् । उनले आफ्ना भिडियोहरु लोकप्रिय भिडियो शेयरिङ प्लेटफर्म टिकटकमा शेयर गरेकी थिइन् ।

यी भिडियोमा उनले सार्वजनिक रुपमा मानिसहरुको उत्तेजना बढाउने काम गरेको आरोप लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस