करिश्मा भन्छिन् : “कुलमानलाई हटाउँनु हुँदैन”

नायिका करिश्मा मानन्धले कुलमान घिसिङ्गले नेपाल विद्युत प्राधिकरणमा निरन्तरता पाउनुपर्ने बताएकी छिन् ।

चार वर्ष अगाडि प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका घिसिङको कार्यकाल अबको केही दिनभित्र समाप्त हुँदै छ । चार वर्ष अगाडि १८ घण्टासम्मको लोडसोडिङलाई घिसिङले हटाएका थिए ।

प्राधिकरणको कार्यकारी निर्देशक बन्न विभिन्न व्यक्तिहरूको दौडधुप शुरु भएको छ । घिसिङ पनि इच्छुक देखिएपछि सरकारलाई जनस्तरबाट कार्यकारी निर्देशकमा दोहोर्‍याउन दवाव परेको छ ।

सामाजिक सञ्जालमा कुलमानसँग लिएको एक तस्विर शेयर गर्दै नायिका मानन्धर लेख्छिन् “थोरै अफ्नो सोचेर धेरै अरुको लागि गर्ने कमै मान्छे हुन्छन , कुलमान घिसिङ फेरि चाहिन्छ ।”

कठिन अवस्थामा लोडसेडिङ अन्त्य गरेर प्राधिकरणलाई नाफामा पु¥याएका घिसिङको कुसल नेतृत्वले नै मुलुक लोडसेडिङमुक्त भएको छ ।

अहिले कुलमानलाई निरन्तरता दिन आम मानिसहरुको माग छ । एउटा टेलिभिजनसँगको अन्तर्वार्तामा घिसिङले सरकारले जिम्मेवारी दियो भने कार्यकारी निर्देशक हुन आफू तयार रहेको बताए । ‘म निर्विकल्प होइन । बिकल्प प्रसस्त छन्’, उनले भने, ‘पुनः जिम्मेवारी दिइयो भने म पछाडि हट्दैन । जिम्मेवारी दिएपछि बहन गर्न सक्छु ।’

केहीले भने कुलमानलाई अब नेपाल विद्युत प्राधिकरण हैन नेपाल एयरलाइन्समा लैजानुपर्ने बताएका छन् । कुलमान नेपाल एयरलाइन्समा गएभने सो संस्थापनि नाफामा जाने केहीको बुझाई छ ।

प्रतिक्रिया दिनुहोस