अस्पतालको बेडमा युवतीले गरिन् मेकअप, कारण थाहा पाएपछि सबैजना चकित

एजेन्सी । मानौं, तपाइँ बिरामी भएर अस्पताल भर्ना हुनुभयो । तापाइँ अस्पतालमा भएको थाहा पाएर तपाइँका कोही साथीभाइ आफन्त वा नजिकको व्यक्ति तपाइँलाई भेट्न अवश्य आउँछन् ।
तपाइँलाई कोही अस्पतालमा भेट्न आउँदैछ भन्ने थाहा पाउनुभयो भने के तपाइँ अनुहारमा मेक अप गरेर चिटिक्क परेर अस्पतालको बेडमा बस्नुहुन्छ त ? पक्कै पनि बस्नुहुन्न होला । तपाइँलाई भेट्न आउने मान्छेले पनि तपाइँलाई मेकअप गरेर बसेको अवस्थामा भेट्ने चाहना हुँदैन ।

तर, भियतनामकी एक युवतीले भने अस्पताल भर्ना भएर अस्पतालको बेडमा बस्दा पनि मेकअप गरेर चिटिक्कै परिन् । यो देखेर अस्पतालका चिकित्सक र नर्सहरु समेत छक्कै परे ।

उनले किन गरिन् त एकाएक मेकअप ? आफूलाई प्रेमीले मेकअप बिना नदेखुन् भनेर हतारहतार युवतीले मेकअप गरेकी रहेछिन् ।

चाइना प्रेसका अनुसार वाङ्गमेइ अस्पतालमा प्रेमी भेट्न आउने खबर सुनेर युवती निकै उत्साहित भइन् । निकै खुसी हुँदै उनले फेसबुकमा क्याप्सन समेत लेखिन्, ‘मेरो प्रेमी मलाई भेट्न आउँदैछन्’

प्रेमीले आफूलाई कमजोर नदेखोस्, नराम्रो नदेखोस् भन्ने उद्देश्यले उनले तत्काल (अस्पतालको बेडमै) बेस मेकअप, आइब्रो, ब्लसर, आई स्याडो, आई लाइनर लगाइन् साथै झुम्कासहित नेलपोलिस समेत लगाइन् ।

रेस्पिरेटर राखिएको उनको अनुहारमा मेकअप निकै उत्कृष्ट देखिएको थियो तर यस्तो अवस्थामा पनि हेभी मेकअप गरेको भन्दै धेरैले उनको आलोचना समेत गरेका छन् ।

उनले आफू सुन्दर छु भनेर देखाउन यतिसम्म पनि गर्न नपर्ने धेरैले कमेन्ट गरेकन छन् । कतिपयले उनलाई बिरामीजस्तो नदेखिएको बताएका छन् ।

कतिले भने प्रेमीले चिन्ता लिने हुन् (नराम्रो देखेर छाड्ने हो) कि भनेर युवतीले यस्तो गरेको हुनसक्ने बताउँदै उनको समर्थन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस