काठमाडौँ । आज सुनको भाउ घटेको छ।
आज प्रतितोला २ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
हिजो छापावाल सुन प्रतितोला ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज तेजावी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कोरोबार भइरहेको छ ।
हिजो तेजावी सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै आज चाँदीको भाउ पनि घटेको छ ।
आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेर प्रतितोला ११ सय ७५ रुपैयाँमा कोरोबार भएको छ।
हिजो चाँदी प्रतितोला १ हजार १ सय ९० रुपैयाँमा कारोबार भएको थियो।