कपल च्यालेन्जमा राखिएका फोटो पोर्न साइटमा फेला !

एजेन्सी । केही दिन अघि नेपालमा सामाजिक सञ्जाल प्रयोग कर्ताहरुले विभिच्य च्यालेन्जका नाममा फोटाहरु सामाजिक सञ्जालमा पोस्ट गरिरहेका थिए ।

विशेषत विवाहित जोडा जोडी वा अफियरमा रहेकाहरुले कपल च्यालेन्ज नामक च्यालेन्जमा भाग लिँदै सामाजिक सञ्जालमा फोटाहरु पोस्ट गरेका थिए ।

कपल च्यालेन्ज बाहेक पनि सिंगल, बालबालिकासँग सम्बन्धित अनेकौं खालका च्यालेन्जहरु चलेका थिए । जसमा तपाईले पनि भाग लिनुभयो होला । अर्थात तपाईले पनि यस्ता च्यालेन्जहरुमा फोटाहरु सार्वजनिक गर्नु भयो होला ।

तर यसरी च्यालेन्जमा भाग लिएका केही फोटाहरु पोर्न साइट(यौनसँग सम्बन्धित वेवसाइट) हरुमा फेला परेका समाचारहरु सार्वजनिक भएका छन् ।

भारतीय प्रहरीले त झन् यस्ता च्यालेन्जमा भाग नलिन अपिल नै गरेको छ ।

अहिलेसम्म विश्वभरका हजारौं मानिसले इन्स्टाग्राम, ट्वीटर, फेसबुक लागयतका सामाजिक सञ्जालहरुमा ह्यासट्याग कपल च्यालेन्जमा भाग लिइरहेका छन् ।

तर यसरी भाग लिँदा व्यक्तिगत जानकारी लगायतका विवरणसमेत आपराधिक समूहले हात पार्ने भएका कारण यो जोखिम युक्त रहेको बताइएको छ ।

आम सर्वसाधारणदेखि ठूला सेलिब्रेटी समेत यस किसिमका डिप फेकका शिकार भइसकेका छन् । केही दिनको अन्तरालमा सामाजिक सञ्जालमा फरक फरक किसिमका च्यालेञ्जहरु आइरहेका छन् ।

यस्तैमा आएका च्यालेञ्ज मध्ये कपल च्यालेञ्ज पनि एक हो । कपल च्यालेञ्जमा सहभागी केही व्यक्तिको फोटो पोर्नग्राफिक साइटहरुमा देखिएका खबर आउन थालेका छन् ।

विज्ञहरुका अनुसार डिप फेक बाहेक यस किसिमका च्यालेञ्जबाट व्यक्तिका सम्पूर्ण निजी जानकारी निकालिन्छ । त्यसैको आधारमा ब्ल्याकमेल समेत हुनसक्ने खतरा रहन्छ ।

प्रतिक्रिया दिनुहोस