यि चर्चित गायिकाको हदैसम्मको नराम्रो बानी, जसले आफ्नै पिसाब पिउँछिन्

एजेन्सी – बलिउडका केही सेलेब्रिटी निकै खराब बानीको सिकार छन् । युवा पुस्ताका मात्रै होइन, वृद्धावस्थाका सेलेब्रिटीमा समेत खराब बानी छ, जुन सुन्दासमेत अचम्म लाग्छ । भारतीय अनलाइन मिडियाले उल्लेख गरेअनुसार ७६ वर्षीय अभिनेता जितेन्द्र कपुरको ट्वाइलेटमा फलफूल खाने निकै घिनलाग्दो बानी छ । जितेन्द्र आफ्नो घरको ट्वाइलेट पसेपछि भित्र गएर मेवालगायत अन्य फलफूल खाने गर्दछन् । जितेन्द्रको यो बच्चैदेखिको बानी हो । उनले अहिलेसम्म पनि सुधार्न सकेका छैनन् । उनको ट्वाइलेटमा दिनहुँ ताजा फलफूल राख्ने गरिएको बताइन्छ ।

अभिनेत्री सुस्मिता सेन खुला आकाशमुनि नुहाउन मन पराउँछिन् । उनले आफ्नो घरको छतमा बाथटब बनाएकी छिन् । उनी त्यहीँ खुला रूपमा नुहाउने गर्दछिन् । उनलाई सर्पप्रति विशेष प्रेम छ । केही समयअघि उनले पाइथन नामक सर्प पालेको खबर फैलिएको थियो । पूर्वपोर्नस्टार सनी लियोन हरेक १५ मिनेटमा खुट्टा धुने गर्दछिन् । उनी सुटिङका क्रममा पनि खुट्टा धोइरहन्छिन् । उनले बच्चैदेखि आफूले पटक–पटक खुट्टा धुने गरेको बताएकी छिन् ।

बलिउडका बादशाह शाहरुख खानलाई फुटवेयरको एलर्जी छ । त्यसकारण उनी हत्तपत्त जुत्ता फुकाल्न चाहँदैनन् । कहिलेकाहीँ त उनी जुत्ता लगाएरै सुत्ने गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । अभिनेत्री करिना कपुर खानको नङ टोक्ने बानी छ । उनलाई बच्चैदेखि यो बानी परेको हो । जति कोसिस गरे पनि उनी अहिलेसम्म यो बानीबाट मुक्त हुन सकेकी छैनन् । ब्रिट्नी स्पेयर्स लथालिंग अवस्थामा सुत्न मन पराउँछिन् ।

उनको बेडमा कपडाहरू यत्रतत्र छरिएका हुन्छन् । त्यति मात्रै होइन, उनी दाँत माझ्न मन पराउँदिनन् । त्यसैले उनको मुखबाट सधैँ दुर्गन्ध आउने गरेको बताइन्छ । अर्की गायिका केसाको बानीबारे सुन्दा जो पनि चकित पर्छ । कतिले नाक खुम्च्याउँछन् पनि । केसा आफ्नै पिसाब पिउने गर्छिन् । यो उनको बानी भइसकेको छ । नयाँ पत्रिकाले छापेको छ ।

हलिउड सुपरस्टार ब्राड पिट नुहाउन निकै अल्छी गर्छन् । उनी हप्तामा मुस्किलले एकचोटि नुहाउने गर्छन् । हत्तपत्त ननुहाउने बानीका कारण को–स्टारहरू उनको शरीरबाट दुर्गन्ध आउने गरेको बताउँछन् ।

अर्का हलिउड स्टार जोनी डिप हत्तपत्त कपडा फेर्न मन पराउँदैनन् । त्यसकारण उनी कहिले हप्तौँसम्म एउटै कपडामा देखिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस