पत्नीले नोकर बनाएो भन्दै डाँको छोडेर पनि न्याय माग्दै प्रहरी कार्यालयमा पुगे, उनको ब्यबहार देखेर प्रहरी नै परे छक्क

एजेन्सी । दिनहुं महिला माथि भएका हिंसाका घटना समाचारमा सुने देखेका हामी नेपालीलाई यस्तो समाचार सुन्दा अचम्म लाग्नसक्छ । पितृसतात्मक समाज भएको नेपालमा यस्ता घटना सामान्य मानिन्छन् । दिनहुं महिला माथि भएका हिंसाका घटनाले समाचारका पाना भरीएका हुन्छन् ।

भारतको उत्तरप्रदेश राज्यस्थित ग्रेटर नोएडाको दनकौर कोतवाली क्षेत्रको एक गाउँका पुरुष रुँदै रुँदै पुलिस चौकी पुगेका छन् । उनले आफु पत्नीवाट अन्यायमा परेको भन्दै रुंदै प्रहरी चौकी पुगेका हुन् । भारतमा पनि नेपालमा जस्तै महिला माथि हिंसा भएका घटना धेरै सुन्ने गरिएको छ । त्यसैले ति पुरुषको अवस्था देखेर चौकीका प्रहरी समेत चकित परे ।

उनले त्यहाँ पुगेर आफ्नी पत्नीलाई कारबाही माग गरेपछि प्रहरीहरु पनि चकित परेका हुन् । निकै पिडामा देखिएका ती पतिले रुँदै रुँदै आफ्नी पत्नीले घरको सारा काम लगाएर आफू मालिक्नी बन्ने गरेको गुनासो गरे । तीन वर्ष अघि विवाह भएका ति ब्यक्तिले आफ्नी पत्निले आफुलाई नोकर जस्तै काममा दलाउने गरेको बताए ।

बिहे गरेर ल्याएदेखि नै पत्नीले कपडा धुन, खाना बनाउन र कुचो लगाउनेसहितका सारा काम पत्नीले आफूलाई लगाएर नोकर बनाएको पनि उनले उजुरीमा उल्लेख गरेका छन् ।

पत्नीले आफूलाई सताएको कुरा ससुरालीमा बताउँदा आफूमाथि झन् हिंसा भएको दाबी ती पुरुषले गरेका छन् । ससुरालीमा गएर पत्नीका बारेमा बताए पछि माइतिमा आफ्नो बेइज्जत गरेको भन्दै पत्नीले झन सताउन थालेको उनले उजुरीमा उल्लेख गरेका छन् ।

आफुले भनेको नमाने पतिमाथि झुटो मुद्दा लगाएर फसाइदिने धम्की समेत दिएकी थिइन् । घरको सबै काम सकेर कार्यालय जान ढिला भएका कारण जागिरवाट समेत निकालीदिएको उनको गुनासो छ ।

पत्नीको हिंसाबाट आजित भएका उनले मंगलवार अबेर साँझ पत्नीमाथि कारबाहीको माग गर्दै पुलिसमा उजुरी दिएका हुन् । पुलिसले पीडितको उजुरी दर्ता भएपछि घटनाबारे अनुसन्धान थालिएको जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस