रौतहटकी किशोरी संझालाई बलात्कार गरी हत्या गर्ने तेली पक्राउ, कसरी गरे हत्या ?

रौतहटमा किशोरी संझालाई बलात्कार गरी हत्या गर्ने आरोपी पक्राउ परेका छन् । रौतहटको वृन्दावन नगरपालिका–४ स्थित मावली बैजनाथ साहको घरमा बस्दै आएकी १६ वर्षीया संझा साहलाई बलात्कारपछि हत्या गरेको आरोपा स्थानीय ४५ वर्षीय चुनु साह तेली पक्राउ परेका हुन् ।

बलात्कार गरी हत्या गरेको आरोपमा प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालयको संयुक्त प्रहरी टोलीले तेलीलाई उनलाई गरुडा नगरपालिका ४ बाट बुधबार पक्राउ गरेको हो ।

रौतहटको गढीमाई नगरपालिका १ सीताराम साह तेलीकी छोरी संझा बाल्यकालदेखि मावलीमै बस्दै आएकी थिइन् । गएको असोज १६ गते घाँस काट्न गएकी संझालाई ललाई फकाई उखु खेतमा लगेर बलात्कारपछि हत्या गरेको प्रहरीसमक्ष बयान दिएको प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले टुडपाटीलाई जानकारी दिए ।

प्रहरी उपरीक्षक शाहका अनुसार करणी गरेपछि बालिका बेहोस भएको र उनले अरुलाई भन्दिन्छिन् भनेर घाँटी थिचेर मारेको बयान तेलीले दिएका छन् ।

संझा हत्या आरोपी तेलीकी छोरीकी मिल्ने साथी थिइन् । घरमा आउजाउ गरेको देख्दा तेलीले उनीमाथि पहिल्यैदेखि गिद्देदृष्टिले देख्ने गरेका थिए । पक्राउ परेका तेलीलाई हिरासतमा राखी १५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक शाहले बताए ।
नारायणी अस्पताल वीरगञ्जमा गरिएको पोष्टमार्टम रिपोर्टमा उनको बलात्कारपछि हत्या भएको खुलेको प्रहरीले जनाएको छ ।

गएको असोज १६ गते बिहान ९ बजे घाँस लिन गएकी संझाको शव दिउँसो ३ बजे पल्टुवा टोल नजिक बागमती नहरको छेउमा रहेको उँखु घारीमा नग्न अवस्थामा फेला परेको थियो । गाउँलेले देखेपछि प्रहरीलाई खबर गरेको थियो ।

प्रदेश प्रहरीक कार्यालयबाट गएको डगटोलिले अनुसन्धान गरेपछि झण्डै १८ घण्टा पश्चात उनको शव घटनास्थलबाट उठाएर पोस्टमार्टमको लागि लगिएको थियो ।

प्रतिक्रिया दिनुहोस