छाती दुख्ने,धड्कन बढ्दै जाने भएको महसुस भएको छ र कपाल अनावाश्यक झर्दै गएको छ भने यो कुरामा ध्यान दिइहाल्नुहोस।नत्र..

काठमाडौँ । कमजोरीपन शरीरमा आइरन कमीको मुख्य लक्षण हो । हेमोग्लोबिन बन्नमा आइरनको महत्वपूर्ण भूमिका हुन्छ । आइरनको कमी हुँदा हेमोग्लोबिनको कमी हुने र शरीरमा अक्सिजनको अभाव हुने भएकाले कमजोरीपन देखा पर्छ ।आइरनको कमी हुँदा नङ कमजोर हुन्छ । बिस्तारै सजिलैसँग नङ चिरिने, पातलो हुने र सेतो हुँदै जाने हुन्छ, जसलाई कोइलोनेसिया पनि भनिन्छ । मुखमा घाउ देखिने, ओठ फुट्ने र छेउछाउमा घाउ तथा दाग देखिने हुन्छ । रगतमा हेमोग्लोबिनको कमीका कारण जिब्रो सुन्निने हुन्छ । बिस्तारै सुक्खा हुँदै जाने र कतिपयमा जिब्रोमा घाउसमेत देखा पर्छ ।

बालबालिकाहरू बढी प्रभावित हुने गर्छन् । शारीरिक तथा मानसिक विकास हुने उमेरमा आइरनको कमी भएमा बालबालिकाको स्वास्थ्य विकासमा प्रभाव पार्छ । त्यस्तै, बच्चालाई माटोको गन्ध मन पर्ने भएकाले माटो खाने स्वभावका हुन्छन् । शरीरमा हेमोग्लोबिनको आपूर्ति नहुँदा अंगहरूमा अक्सिजनको मात्रा कम हुन्छ । जसले गर्दा कोषिकाहरूले काम गर्न सक्दैनन् र हात–खुट्टा चिसो हुन्छन् ।

असामान्य तरिकाले कपाल झर्नु पनि आइरन कमीको लक्षण मानिन्छ । छोटो समयमै धेरै कपाल झरेमा समयमै चिकित्सकको सल्लाह लिन आवश्यक हुन्छ ।आइरनको अभाव हुँदा अक्सिजनयुक्त आरबिसीको मात्रा घट्छ । शरीरलाई आवश्यक पौष्टिक तत्व आपूर्तिका लागि मुटुले बढी काम गर्नुपर्ने हुन्छ । बिस्तारै मुटुको मांसपेशी कडा हुँदै जाने हुँदा छाती दुख्ने समस्या हुन्छ ।

हेमोग्लोबिनले रगतलाई रातो बनाउने काम गर्छ । यसको अभाव हुँदा छाला पहेँलो हुँदै जान्छ । पूरै शरीरको छाला पहेँलो हुँदै जाने, अनुहारमा मात्रै पहेँलोपना देखिने वा आँखाको ढकनीमा मात्रै पहेँलोपना देखिने हुन्छ ।

आइरनले शरीरमा तापमान नियन्त्रणमा मुख्य भूमिका खेलेको हुन्छ । कमी हुँदा चिसो वा तातो वातावरणमा समायोजन हुन गाह्रो हुन्छ । मस्तिष्कमा अक्सिजनको सहज आपूर्ति नहुँदा दिमागको कामका सुस्तता आउँछ । ध्यान केन्द्रित गर्न नसक्ने, तनाव व्यवस्थापन गर्न नसक्ने, एन्जाइटी र डिप्रेसनजस्ता लक्षण देखिन्छन् ।आइरनको मात्रा निकै नै कमी भएमा मुटुमा समस्या देखिन्छ । धड्कन बढ्दै जाने, अनियमित हुने र छाती दुख्नेजस्ता समस्या हुन्छन् ।

प्रतिक्रिया दिनुहोस